Check, click, shop
साढे १३ करोड खर्चिएका जेट मेसिन र ब्रुमर वने शो पीस

काठमाडौं - साढे १३ करोड खर्चिएका जेट मेसिन र ब्रुमर शो पीस वनेका छन् । संघीय राजधानीको मुख्य सडक सफा गर्न काठमाडौं महानगरपालिकाले केही महिना अगाडि ब्रुमर र जेट मेसिन खरिद गरेको थियो । टुँडिखेल, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास आसपासको सफाई गरी उद्घाटन गरीएको ति मेसिनहरु अहिले शो पीस वनेका छन् ।

केही समय चलेपछि महानगरसँग भएको एकमात्र धुलो सफा गर्ने ब्रुमर मेसिन बिग्रिएर थन्किएको छ । महानगरसँग रहेका ८ वटा ढल खोल्ने जेट मेसिनमध्ये २ वटा बिग्रिएका छन् । आवश्यकता र औचित्य विना उपकरण किन्ने, दुई/चार दिन चलाउने र बिग्रिएपछि मर्मत गर्नुभन्दा थन्क्याउन ठिक ठान्ने महानगरपालिकाको पूरानै चलन हो ।

बिग्रिएमा मेसिनहरुलाई वनाएर प्रयोग गर्नुको सट्टा महानगर राजधानि सफा गर्न झाडू लगाउदै छ । स्वच्छ, सफा, हराभर काठमाडौंको नारा लगाउन थालिएको बर्षौ भयो । तर, हरदिन प्रदुषण थपिदो छ । धुवाँ र धुलोले राजधानिबासी हैरान भएका छन् । तर, सफाईको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिका भएका उपकरणको प्रयोग नगरी झाडूमै रमाइरहेको छ ।

 

 

 

 

Subscribe Now