Check, click, shop
सेल्फ ड्राइभिङ कारका लागि भर्चुअल आँखा

अटोमोबाइल कम्पनी ज्यागुअर ल्यान्डरोभरले भर्चुअल आँखा बनाएको छ, जसलाई सेल्फ ड्राइभिङ कार अर्थात विना ड्राइभरको गाडीमा प्रयोग गर्न सकिन्छ ।

जसरी मानवीय रोबोटको लागि आँखाको प्रयोग गरिन्छ त्यसरी नै अब गाडीका लागि पनि यस्तै भर्चुअल आँखाको प्रयोग हुने भएको छ । यसले गर्दा कार आफैले आफ्नो अगाडि कुनै मानिस छ वा छैन भनेर देख्न सक्छ ।

ड्राइभिङको समय कुनै किसिमको दुर्घटना नहोस् भनेर गाडीको लागि आँखाको प्रयोग गरिने कम्पनीले जनाएको छ । मानवीय रोबोट जस्तै यो कार पनि यात्रीको इच्छा अनुसार विना कुनै दुर्घटना आफै गुड्ने छ ।

अमेरिकामा गरिएको एक सर्वेक्षणमा ड्राइभरलेस अर्थात विना ड्राइभरको कारमा कम भरोसा भएको तथ्य सार्वजनिक भएको छ । किनकि यस प्रकारको कारमा हुनु पर्ने जति प्रविधिको विकास गर्न सकिएको छैन ।

यही कुरालाई मनन गरी ज्यागुअर ल्यान्डरोभर कम्पनीले ड्राइभरलेस गाडीका लागि भर्चुअल आँखा बनाएको हो ।


कार आफैले देख्ने
ज्यागुअर ल्यान्डरोभर कम्पनीको एक इन्जिनियर टिमले यस प्रकारको भर्चुअल आँखाको डिजाइन गरेको हो । यो एक प्रकारको इन्टेलिजेन्ट प्याड हो जुन ड्राइभरलेस गाडीको लागि प्रयोग हुनेछ । भर्चुअल आँखाको मदतले गाडी आफैले उसको वरिपरि कोही व्यक्ति हिंडिरहेको वा कुनै किसिमको गाडी गुडिरहेको छ वा छैन भनेर निरीक्षण गर्नेछ ।

बाटोमा हिंडिरहको मानिसहरुलाई देखिरहेको संकेत गाडी आफैले दिनेछ । यदि ड्राइभरलेस गाडीको अगाडि कोही व्यक्ति हिंडिरहेको देखेमा गाडी आफै रोकिनेछ जसले गर्दा पैदल हिंडिरहेको व्यक्ति बाटो क्रस गर्न सकोस् ।

ड्राइभर बिनाको गाडी चढ्नुको डर
अमेरिकन अटोमोबाइल एसोसिएसन ९ब्ब्ब्० ले यो वर्ष गरेको एक सर्वेक्षणमा ६३ प्रतिशत अमेरिकनहरु अहिले पनि ड्राइभर विनाको गाडी चढ्न डर मान्ने गरेको बताइएको छ । उक्त एसोसिएसनले गएको वर्ष सर्वेक्षण गर्दा ७८ प्रतिशत यस प्रकारको गाडी चढ्न डर मान्ने बताएको थियो ।

उक्त सर्वेक्षणमा केही तथ्यहरु पनि बाहिर आएको थियो ।
– सर्वेक्षणमा महिलाको तुलनामा पुरुषलाई ड्राइभरलेस गाडीमा यात्रा गर्न निकै डर लाग्छ । अमेरिकीहरुले ९० प्रतिशत सडक दुर्घटना ड्राइभरको लापरवाहीको कारणले हुने गरेको बताएका थिए भने अहिले पनि ड्राइभरलेस गाडीमा कम भरोसा भएको पाइएको थियो ।

– सर्वेक्षण अनुसार गएको वर्षभन्दा यो वर्ष २ करोड भन्दा बढी मानिसहरु ड्राइभरलेस गाडीमा यात्रा गर्न बढी भरोसायोग्य बनेको देखिएको छ ।

Subscribe Now