टोयोटा र सुजुकीले भारतमै विद्युतीय सवारी उत्पादन र विक्री गर्ने
यस दशकको अन्त्यसम्ममा नयाँ दिल्ली (भारत) मा जापानी अटो निर्माता कम्पनीहरू सुजुकी मोटर र टोयोटा मोटरले भारतमै विद्युतीय सवारी उत्पादन र विक्री गर्ने भएका छन् । यस परियोजनाका लागि टोयोटाले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने सुजुकीले विद्युतीय सवारी उत्पादन गरेर केही सवारी टोयोटालाई समेत आपूर्ति गर्नेछ ।

 

अव छिट्टैनै भारतीय बजारमा विद्युतीय सवारी लञ्च गरिनेछ । २०३० सम्ममा भारतीय सडकमा गुड्ने सबै सवारी विद्युतीय हुनुपर्ने सरकारी घोषणा छ । दुई कम्पनीले यस सम्बन्धमा शुक्रवार सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन् । यस सहकार्यका लागि टोयोटा र सुजुकीले फेबु्रअरीदेखि नै छलफल गरिररहेका थिए ।

 

Subscribe Now