Check, click, shop
इम्याजिन नेपाल महिन्द्रा एड्भेन्चरसँग राराको यात्रामा जाने

काठमाडौं – इम्याजिन नेपालले राराको साहसिक यात्रा गर्ने भएको छ ।

महिन्द्राले विगतमाझैँ यस वर्षभरि नै विभिन्न साहसिक क्रियाकलापहरूको आयोजना गर्नेछ र यसको अग्रपंक्तिमा हुनेछ इम्याजिन नेपाल सँगको सहकार्यमा आयोजना गरिने राराको साहसिकयात्रा । अग्नि समूहले सबै महिन्द्रा एडभेन्चर अन्तर्गतका पहलहरूको नेतृत्व गर्नेछ ।

मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि इम्याजिन नेपालले अर्को साहसिक यात्रा शुरू गर्दैछ । तीनवर्ष अघि स्थापना भएको इम्याजिन नेपाल साहसिक पर्यटन–केन्द्रित कार्यक्रम आयोजकहरू मध्ये सबैभन्दा ठुलो आयोजक हो । सन २०१८ मा इम्याजिन नेपालको सबैभन्दा महत्वपूर्ण गन्तव्यहो रारा । यस साहसिक यात्राको पथमा समेटिनेछन् बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्जलगायतकाआकर्षक गन्तव्यहरू ।

इम्याजिन नेपालमार्फत् यसै वर्ष महिन्द्रा एडभेन्चर पनि नेपालको बजारमा प्रवेश गरेको छ । यसले नेपालका साहसिक यात्राका पारखीहरूलाई यसले साहसिक यात्राको उत्कर्षमा पुग्न सघाउनेछ ।

महेन्द्र एडभेन्चरको प्रवेशले विसं २०७५ लाई कर्णाली भ्रमण अभियानको रूपमामनाउने नेपाल पर्यटन बोर्डको उद्घोषलाई थपऊर्जा दिनेछ ।

सन् २०१६ र २०१७ मा ८० सहभागीहरू र २५ सवारी साधनहरूले यस हिमाली देशको मनाङ र लोमान्थाङका विकट भूखण्डहरू छिचोलेका थिए । इम्याजिन नेपाल नेपालमा आयोजना हुने सबैभन्दा ठुलो अफ–रोड साहसिक पर्यटन उत्सव हो । यो वर्ष पनि इम्याजिन नेपालले त्यति नै ठुलो साहसिक पर्यटन उत्सव आयोजना गरी पश्चिम नेपाल छिचोल्ने चुनौती स्विकारेको बताएको छ ।

यसबाट करिब १८०० किलोमिटर लामो यात्रा सम्पन्न हुनेछ ।

इम्याजिन नेपाल मुभर्स एण्ड शेकर्स इभेन्टस प्रालिले आयोजना गर्ने गरेको एउटा अभियान हो । नेपालमा र नेपालको पर्यटन प्रवद्र्धन गर्नु यसको उद्देश्य हो ।

Subscribe Now