Check, click, shop
यी उपाय अपनायो भने गाडी चढ्दा उल्टी आउदैन

काठमाडौं - धेरै मानिसहरुलाई गाडी चढ्दा उल्टी हुने गर्दछ । त्यसै माथि नजिकिदै गरेको चाडपर्वको समयमा त बसको यात्रा पनि सरल र सहज हुदैन । यसले गर्दा उल्टी आउने मानिसहरुलाई धेरै समस्या पर्दछ ।

उल्टी आउने समस्यावाट धरै मानिसहरु पिडित हुने गर्दछन् । अब चिन्ता लिनुपर्दैन, त्यस्ता केही सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ ।

ल्वाङ
भुटेको ल्वाङ लाई पिसेर थोरै नुन वा थोरै चिनिमा मिसाएर मुखमा राख्दा उल्टी आउदैन । गुलियो धेरै मन पर्ने मानिसहरुले चिनिमा र नुनिलो धेरै मन पर्ने मानिसहरुले नुनमा मिसाएर भुटेको ल्वाङको धुलो मुखमा राख्दा उल्टी आउदैन ।

कागती
कागती कोट्याएर सुँघ्दा पनि उल्टी आउँदैन । यसकारण गाडीमा लामो यात्रा गर्दा साथमा एउटा पाकेको रसिलो कागती राख्नु पर्दछ ।

जिरा पाउडर
यदि लामो यात्राका जानु छ भने घरबाट निस्किनुअघि जिराको धुलो पानीमा मिलाएर पिउँदा पनि उल्टी हुँदैन । धेरै घण्टाको लामो यात्रा गर्नु छ भने जिरा पाउडर साथमा वोकेर गई समय समयमा खान पनि सकिन्छ ।

कागती र पुदिना
कागती र पुदिनाको जुसमा बिरेनुन राखेर थोरै–थोरै सेवन गरीरहदा पनि उल्टी आउँदैन । यदि कसैलाई बिरेनुनले नै उल्टी हुन्छ भने यस्ता व्यक्तिहरुले कागती र पुदिनाको जुसमात्रै सेवन गर्नु पर्दछ ।

अदुवा राखेको चिया
अदुवा राखेको चियाले पनि उल्टी आउदैन । अदुवा राखेको चियामा एन्टी इमेटिक तत्व हुन्छ । यस्तो चिया पिउँदा उल्टी हुनबाट रोक्छ ।

पत्रिका बिछ्याउने
बसको यात्रा गर्दा सिटमा पहिले पत्रिका बिछ्याएर बस्दा पनि उल्टी आउँदैन ।

Subscribe Now