ट्रायल फेल भएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस्

काठमाडौं – अहिलेको परिवेशलाई नियाल्दा सवारीसाधन सवै मानिसको आधारभुत आवश्यकता भित्र पर्दछ । झन काठमाडौं उपत्यका जस्तो व्यस्त सहरमा त उपत्यकाका वासिलाई मोटरसाइकल, स्कुटर धेरै नै आवश्यक छ । तर ट्रायल पास गरेर लाइसेन्स लिन नसक्दा धेरै मानिस हैरान भएका छन् ।

अहिले यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्ने व्यवस्था गरेको छ । उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । तर सानो गल्तीका कारण मानिसहरु ट्रायलमा फेल हुँदै आएका छन् ।

स–साना कमजोरीलाई ध्यान दिने हो भने ट्रायल सजिलैसँग पास गर्न सकिन्छ । ट्रायल सजिलैसँग पास गन ध्यान दिनुपर्ने कुराहरु यस प्रकार रहेका छन् ।

आत्मबल – ट्रायल परीक्षा दिन लागेका परीक्षार्थी डराउनु हुँदैन, आत्तिनु हुँदैन । आत्मबल उच्च बनाउनु पर्छ । ट्रायल परीक्षा दिनुभन्दा पहिला सिक्ने क्रममा सजिलै पास गर्नेहरु ट्रायलमा फेल हुने गरेका छन् । कमजोर आत्मबलका कारण नै फेल हुने गरेको हो । त्यसकारण आत्मबल उच्च राखि ढुक्कसँग ट्रायल दिनु पर्दछ ।

हेल्मेट तथा स्ट्याण्ड – ट्रायलमा फेल हुनुको अर्को सामान्य तर धेरैले ध्यान नदिएको कुरा हेल्मेट हो । ट्रायल परिक्षार्थिहरु हेल्मेट त लगाउछन् तर हेल्मेटको फित्ता लगाउन बिर्सन्छन् । यसकारण हेल्मेट लगाउने बित्तिकै फित्ता पनि लगाउनु पर्दछ ।

ट्रायलको ‘एट’ फिगरमा प्रवेश गर्नुभन्दा पहिला मोटरसाइकल तथा स्कुटरको स्ट्याण्ड लगाउन विर्सियो भने पनि ट्रायल पास गर्न सकिदैन ।

एट फिगर सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु
ट्रायलको पहिलो सुरुवात नै एट फिगरबाट हुन्छ । एट फिगरमा छिर्दा आफूलाई सहज लागेको दाँया, बाँया जताबाट पनि छिर्न पाइन्छ । आफूलाई सजिलो लाग्नेतर्फबाट छिर्नु पर्दछ ।

मोटरसाइकल तथा स्कुटर स्र्टाट गरेर एट फिगरभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न र स्र्टाट बन्द गर्नु हुँदैन । एकपटक एट (ड) फिगर पूरा गरिसकेपछि पुनः आधा एट गर्नुपर्छ ।

ट्राफिक बत्तीसम्बन्धी नियमहरु
एट फिगर कटाएपछि अगाडि जेब्राक्रस आउँछ ।
जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ ।
रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमलाई नछोई रोक्नुपर्छ ।
हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ ।
जेब्राक्रसमा गइसकेपछि जुनसुकै बत्ती बलेपनि रोक्किनु पर्दैन ।

साइड लाइटसम्बन्धी नियमहरु
एबिलप (फलेक आकार जस्तो डाँडी) को अन्तिममा पुगेर तथा यु टर्नमा छिर्नुभन्दा अगाडि कता मोडिने हो त्यहीतर्फको साइड लाइट बाल्नुपर्छ ।
यु टर्न सकिनासाथ स्पीड ब्रेकरमा छुनुभन्दा अगाडि साइड लाइट अफ गरिसक्नुपर्छ ।

साइड लाइट बाल्न वा बन्द गर्न बिर्सिएमा, ढिलो बन्द गरेमा, विपरित दिशाको साइड लाइट बलेमा, झुक्किएर हर्न बजेमा ट्रायल फेल हुन्छ ।

यु टर्न सम्बन्धी नियमहरु
यु टर्नको पँहेलो धर्का छुन, खुट्टा टेक्न हुँदैन ।

उकालो सम्बन्धी नियमहरु
उकालोमा दुबै धर्काहरु नछोई स्टप कतयउ लेखेको ठाउँमा रोक्नुपर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढ्नु पर्दछ ।
अगाडि बढ्दा मोटरसाइकल तथा स्कुटर पछाडि सरी पँहेलो धर्का छुनु हुदैन ।
उकालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।
क्लच र एक्सिलेटरबाट हात नहटाउने, स्र्टाट बन्द गर्नु हुदैन ।
अगाडि बढाउँदा खुट्टा नघिसारी अगाडि बढाउनु पर्दछ ।

ओरालो सम्बन्धी नियमहरु
ओरालोमा रोक्दा अगाडीको धर्का नछोइ रोक्ने तर कतयउ लेखिएको भागलाई भने छुवाउनु पर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढ्नु पर्दछ ।
ओरालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।
रोक्दा पडाडिको चक्का नचिप्लिने गरी नियन्त्रित भएर रोक्नुपर्छ ।

 

Subscribe Now