Check, click, shop
आश्चर्य, बर्थडे गिफ्टको रुपमा छोराले बुवालाई दिए हुन्डाई भर्ना कार

छोराले बुवालाई बर्थडे गिफ्टको रुपमा कुनै सपनामै नचिताएको वस्तु दियो भने कति खुसी मिल्छ होला ? यो खुसी हेर्नका लागि यहाँ प्रस्तुत गरिएको भिडियो हेरे पुग्छ ।

भारतको तेलंगानास्थित २२ वर्षिय तमन्ना लोहिथले आफ्नो बुवाको ५०औं बर्थडेको दिन यही कार्य गरे । उनको बुवा गाडीका निकै शौखिन । उनले सधै ठूलो साइजको कार प्रयोग गर्न चाहन्थे । तर छोराको पालनपोषण र शिक्षा तथा अन्य खुसीमै उनले पैसा खर्च गरे ।

लोहिथले पछि आफै काम गर्न थाले । उनी सफल व्यवसायी बने । त्यसपछि बुवाको ५०औं बर्थडे मनाउने समयमा उनले पहिले बुवाको आँखा हातले बन्द गरिदिए । त्यसपछि बुवाको हातमा केही चिज राखे । पछि उनले आँखा खोलेर हेर्दा हातमा गाडीको साँचो थियो ।

त्यो साँचो हुन्डाई भर्ना गाडीको थियो । बुवा निकै खुसी भए । त्यसपछि सपरिवार गाडीमा सयर गरे ।

हुन्डाई भर्ना पेट्रोल र डिजेल इन्जिन अप्सनमा उपलब्ध छ । बुवाले प्राप्त गरेको गाडी डिजेल अप्सनको हो । यसमा १.६ लिटरको इन्जिन छ, जसले १२६ बीएचपी पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड अटोमेटिक ट्रान्समिसन छ ।

नेपालमा हाल हुन्डाई भर्नाको सो मोडलको गाडीको मूल्य ४५ लाख ९६ हजार रुपैयाँ पर्छ ।

Subscribe Now