Check, click, shop
हुन्डाईको नयाँ थ्रीएस सेन्टर अब वीरगन्जमा

वीरगन्ज – हुन्डाईले वीरगन्जमा एकै छानामा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित अर्किड मोटोकर्पलाई थ्रीएस सेन्टरको रुपमा विकास गरेको छ ।

वीरगन्ज र वरपरका क्षेत्रमा रहेको बढ्दो हुन्डाई गाडीको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले बताएको छ ।

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो सेन्टर स्थापना गरेको हो । सेन्टरको उद्घाटन लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ र अर्किड मोटोकर्पका सञ्चालक विन्देश्वर प्रसाद साहले गरे ।

वीरगन्जको मूख्य स्थानमा स्थापना गरिएको नयाँ हुन्डाई थ्रीएस सेन्टरको सोेरुममा ३ देखि ४ वटा सम्म गाडी डिस्प्ले गरिनेछ । यसमा उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु तथा एयर कन्डिसन र वाइफाई सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडीलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्तै पार्किङ व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुन्डाई जेन्युइन पार्ट्स पनि उपलब्ध हुने बताइएको छ ।

हुन्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुन्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछन् ।

 

Subscribe Now