नेपालगञ्जमा हुन्डाई एक्सचेन्ज सम्पन्न
नेपालगञ्ज – नेपालगञ्जमा हुन्डाई गाडीको डिलर हिम अटो डिष्ट्रिब्युटरले हुन्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । जेठ २४ देखि प्रारम्भ भएको यो अफर जेठ २६ गते सम्म चलेको हो । हिम अटो डिष्ट्रिब्युटर नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्र्तगतको डिलर हो ।
हिम अटोले सो एक्सचेन्ज कार्यक्रममा आफ्नो ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज र भ्यालुएसन, एक्सचेन्ज बोनस र स्पट फाइनान्स तथा इन्स्योरेन्स हरेक गाडीको बिक्रीसँगै प्रदान गरेको थियो ।

साथै उक्त कार्यक्रममा ग्राहकहरूका लागि गाडीको निःशुल्क चेकअप, टेष्ट ड्राइभ एन्ड विन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मिलत गरिएको थियो ।

Subscribe Now