Check, click, shop
आयो १२ सय किलोमिटर प्रतिघन्टा चल्ने हाइपरलुप

काठमाडौँ — स्पेनस्थित हाइपरलुप ट्रान्सपोर्टेशन टेक्नोलजी (एचटीटी) ले गत मंगलबार पहिलो पटक आफ्नो पूर्ण आकारको यात्रुबाहक क्याप्सुल (रेल) सार्वजनिक गरेको छ ।

यसले यात्रुहरुलाई अतितिब्र गतिमा एउटा चुम्बकीय नलीमा गुड्ने क्याप्सुलमार्फत यात्रा गर्ने सपना पुरा हुने निश्चित बनेको छ। टेस्ला कम्पनीका संस्थापक एलन मस्कको मस्तिष्कको उपज हो, हाइपरलुप। सन २०१३ मा उनले एउटा ह्वाइटपेपरका रुपमा यसको आधारभूत डिजाइन सार्वजनिक गरेका थिए। यो एउटा ट्युबमा चल्छ, जसमा हावाको मात्रा अत्यन्तै कम या नगन्य हुन्छ। हाइपरलुपको सिद्धान्त अनुसार यो ध्वनीको गति भन्दा पनि तीव्र गतिमा चल्न सक्छ।

हाइपरलुप क्याप्सुल चुम्बकीय शक्तिमा आधारित प्रविधि हो। यस अन्तर्गत खम्बाको माथि एलिभेटेड पारदर्शक ट्युब जडान गरिएको हुन्छ, जसबाट बुलेट जस्तै देखिने लामो सिंगल डब्बा हावामा तैरिंदै गुड्छ। यसमा घर्षण नभएकाले यसको गति १२ सय किलोमिटर प्रतिघन्टा भन्दा बढी हुन सक्छ। यसको विशेषता भनेको न्युन विद्युत खर्च, घर्षणरहित सञ्चालन र यात्रु तथा मालसमानको ओसारपोसार तिब्र गतिमा गर्न सक्नु हो।

वाहनलाई ‘पोड’ वा ‘क्याप्सुल’ भन्ने गरिएको छ। यसको भित्रि भागको बनाबटलाई २८ देखि ४० यात्रुले यात्रा गर्ने गरि विकसित गरिंदैछ। क्याप्सुललाई थप परिमार्जन र ट्र्याकमा पुर्ण रुपमा परीक्षण गर्नका लागि फ्रान्सको टोलुजस्थित अनुसन्धान तथा विकास केन्द्रमा लगिएको छ। पूर्ण आकारको प्रोटाटाइप क्याप्सूल एयरटिफिशियलको एयरोस्पेसमा निर्माण गरिएको थियो, जुन कम्पनी एचटीटीको एउटा साझेदार पनि हो। 

Subscribe Now