Check, click, shop
लाइसेन्सको नतिजा र स्मार्ट लाइसेन्सको जानकारी एसएमएसबाट कसरी लिने ?

काठमाडौं – लाइसेन्सको ट्रायल पास गरेका धेरै सवारी धनीहरु हाल स्मार्ट ड्राइभिङ लाइसेन्स कहिले आउछ भनेर पर्खिरहेका छन् ।

हाल एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यसको वारेमा जानकारी लिन चाहनेहरु बढिरहेका छन् ।

कार्यालयले आफ्नो फेसबुक पेज ‘एकान्तकुना लाइसेन्स’ बाट यस सम्बन्धी जानकारी प्रदान गरिरहको छ ।

तर आफ्नो मोबाइलबाट म्यासेज पठाएर पनि ड्राइभिङ लाइसेन्सका लागि लिइएको लिखित परीक्षाको नतिजा र आफ्नो स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको हेर्न सकिन्छ ।

लिखित परीक्षाको नतिजा हेर्नका लागि अंग्रेजीमा डब्ल्युटी (WT) लेखेर स्पेस दिए पछि आफ्नो आवेदन दिने बेलाको दर्ता नम्बर लेखी ३१००३ मा एसएमएस गर्न सकिन्छ ।

त्यसैगरी स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि अंग्रेजी ठूलो अक्षरमा एलसी (LC) लेखी आवेदन दिदाको दर्ता नम्बर लेखेर ३१००३ मा एसएमएस गर्न सकिन्छ ।

Subscribe Now