Check, click, shop
यो हो नेपाल भित्रिएको होन्डाको पहिलो बाइक, नाडा अटो शोमा हेर्न सकिने

काठमाडौं – आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शोमा होन्डाको नेपाल भित्रिएको पहिलो बाइक पनि हेर्न सकिने भएको छ ।

होन्डाको सीटी ९० नामक सो बाइकमा ८९ सीसीको फोर स्ट्रोक एयर कुल्ड इन्जिन छ ।

नेपालको मोटरसाइकल इतिहासमा यो मोटरसाइकलको निकै नै महत्व छ ।

सो बाइक हेर्न र यसका वारेमा अन्य विस्तृत जानकारी लिनका लागि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०१८ मा उपस्थित हुन सकिन्छ ।

Subscribe Now