Check, click, shop
यो हो अमेरिकाको हाइवे टनेल

निजी घर वा ग्यारेज जस्तै देखिए पनि यो उत्तर अमेरिकाको सर्वाधिक लामो ‘हाइवे टनेल’ हो । अमेरिकाको अलास्का राज्यको पोर्टेज ग्लेसियर नजिक रहेको यसलाई ‘एन्टोन एन्डरसन मेमोरियल टनेल’ हो ।

सामान्य रुपमा यसलाई ‘ह्विटियर टनेल’ पनि भनिन्छ । यसले ह्टिियरको पोर्ट सिटी र सेवार्ड हाइवेलाई जोड्छ । ४ हजार १ सय मिटर लामो यो टनेल पुरै मेनार्ड माउन्टेनको तलबाट गएको छ ।

दोस्रो विश्वयुद्धको समयमा ८ करोड डलरको लागतमा यो टनेल बनेको थियो । यो गाडी पार गर्ने अमेरिकाकै पहिलो टनेल हो । अमेरिकी सैनिकका इन्जिनियर एन्टोन एन्डरसनको सम्झनामा यसको नाम राखिएको हो ।

उक्त टनेल १६ मिटर फराकिलो छ र रेल तथा कार दुवैले यसको सिंगल लेन प्रयोग गर्छन् । यसको ट्राफिक नियन्त्रणका लागि कम्प्युटरमा आधारित सिस्टमको प्रयोग गरिएको छ ।

टनेलको भित्री भागमा प्राकृतिक स्वरुप प्रदान गर्ने प्रयास गरिएको छ, जसका लागि कंक्रिट र स्टिलको बलियो तह निर्माण गरिएको छ । कदाचित भुकम्प वा यस्तै प्राकृतिक विपत्तीले असर नपु¥याओस् भनेर भित्री भागमा धेरै ‘सेफ–हाउस’ निर्माण गरिएका छन् ।

त्यसैगरी बिग्रिएका गाडी राख्नका लागि पनि छुट्टै स्थान छन् । यो वाहेक टनेलभित्र शुद्ध हावाको आवतजावत गराउनका लागि विभिन्न प्रकारका फ्यानको प्रयोग गरिएको छ ।

Subscribe Now