चितवनमा हिरोको एक्स्ट्रिम २०० आर

चितवन – चितवनमा हिरोको नयाँ बाइक एक्स्ट्रिम २०० आरको बुकिङ प्रारम्भ भएको छ । चितवनको नारायणगढस्थित हारती माँ इन्टरप्राइजेजले सो बाइकको बुकिङ खुलाएको हो ।

सो बाइक केही दिन पहिले सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरिएको थियो ।

कम्पनीले प्राविधिक रुपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने प्रतिवद्धता अनुरुप भारतमा बिक्री वितरण प्रारम्भ गरेको केही समयमै नेपालमा पनि सो मोटरसाइकल उपलब्ध गराएको बताएको छ ।

यसको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

एक्स्ट्रिम २०० आर बाइक चलाउदा रोमान्चकताको अनुभव हुनुका साथै यसमा एन्टी–लक ब्रेकिङ सिष्टमलगायतका विभिन्न सुविधा उपलब्ध गराइएको बताइएको छ ।

यसमा नयाँ प्रणालीको बीएस फोर २०० सीसी एयरकुल्ड इन्जिन छ । यसले १८.४ पीएस पावर र १७.१ एनएम टर्क उत्पादन गर्छ । शून्य देखि ६० किलोमिटरको दुरी पुरा गर्न सो बाइकलाई ४.६ सेकेन्ड मात्र लाग्छ ।

एक्स्ट्रिम २०० आर बाइकको अधिकतम गति प्रतिघण्टा १ सय १४ किलोमिटर सम्म छ ।

यसमा प्रयोग गरिएको हलुका तर दहिृलो फ्रेमका कारण उच्च गतिमा पनि अत्यधिक स्थिरता राख्न र कठिन मोडहरुमा पनि मोटरसाइकल सम्हाल्न सहज हुन्छ ।

यसमा भएको चिटिक्क बनोटको इन्धन ट्यांकी, स्पोर्टी हेडलाइट, गाइड लाइट सहितको आँखीभौ आकारको एलईडी र अन्य विभिन्न लाइटहरुका कारण सडकमा यात्रा गर्दा जसलाई पनि फर्केर हेर्न बाध्य बनाउने कम्पनीको दावी छ ।

Subscribe Now