हेभी इक्विपमेन्ट प्रदर्शनी हुने, १५० बढी प्रदर्शक हुने

काठमाडौँ – नेपालमा नै पहिलो पटक निर्माण उपकरणहरुको बृहत प्रदर्शनी हुने भएकोे छ ।

भारतीय उद्योग परिसंघले आयोजना गर्ने ‘कनम्याक २०१८’ नामक उक्त प्रदशनी मंसिर ६ गतेदेखी ८ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा हुने भएको छ ।

प्रदर्शनीमा हेभी इक्विपमेन्टका उपकरणहरु राखिने आयोजकले बताएका छन् । आयोजक विष्णुकुमार अग्रवालका अनुसार नेपालमा हेभी इक्विपमेन्टका सामानहरु पहिलो पटक एकै ठाँउमा प्रदर्शनीमा राखिने र यसको उपलब्धताले नेपालको विकासमा ठुलो सहयोग पुग्ने छ ।

२० हजार बर्ग मिटरमा गरिने प्रदर्शनीमा ५ हजार भन्दा बढी व्यावसायिक अवलोकनकर्ताहरु आउने कनम्याकले जनाएको छ । प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शक रहने छन् ।

प्रदर्शनीको प्रायोजकमा हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट भारत, जेसीबी, केवाइबी कनम्याट र पुज्जोलाना रहेका छन् ।

Subscribe Now