Check, click, shop
अटो शोमा गल्फको फेसबुक क्याम्पेन

काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा गल्फ लुब्रिकेन्टको समेत प्रतिनिधित्व छ ।

गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयल लिमिटेडका मार्केटिङ तथा ब्रान्डिङ तथा डिलर नेटवर्क हेड रविन्द्र उपाध्यायले गल्फले अन्य लुब्रिकेन्ट भन्दा फरक भएको सन्देश दिन खोजेको बताएका छन् ।

उपाध्याय भन्छन्, ‘हामीले अरु भन्दा केही फरक छौ भन्ने सन्देश दिन खोजिरहेका छौ । हामी स्थानीय उत्पादक मात्र होइनौ । हामी अन्तर्राष्ट्रिय स्तरको लुब्रिकेन्टलाई प्रतिनिधित्व गर्छौ । हामीले स्टलमा राखेको विश्वको नक्साले पनि यसलाई देखाइरहेको छ । विश्वका ६२ देशमा यसको ब्लेन्डिङ हाउस छ भन्ने कुरा गल्फको लोगोले देखाइरहेको छ । यसले अन्य ब्रान्ड भन्दा हामीलाई फरक देखाएको छ ।’

गल्फले अटो शोको सन्दर्भमा फेसबुक क्याम्पेन पनि चलाइरहेको छ । गल्फले क्लिक, पिक एन्ड विन भन्ने एउटा ‘थिम’ राखेको छ । जति पनि अवलोकनकर्ता आउछन्, उनीहरुले आफ्नो फोटो गल्फको स्टलमा क्लिक गर्छन् । उनीहरुले त्यहाँ राखेका सामग्री मध्ये एउटा लक्की ड्रमार्फत तुरुन्तै पाइन्छ ।

इभेन्टको अन्त्यमा सर्बाधिक धेरै लाइक्स पाउने र सेयर हुने फोटोलाई गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

Subscribe Now