Check, click, shop
गल्फको डीएसई तालिम सम्पन्न

बारा – गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयल लिमिटेडले आफ्ना डिलर सेल्स एक्जिक्युटिभ (डीएसई) हरुका लागि तालिम सम्पन्न गरेको छ ।

गत साउन ३१ गते आयोजना गरिएको सो एक दिने तालिममा फ्रन्टलाइनमा काम गर्ने सेल्स एक्जिक्युटिभहरुलाई गल्फ लुब्रिकेन्ट र यसको समग्र पक्षवारे जानकारी प्रदान गरिएको थियो ।

सो अवसरमा मार्केटिङ, टेक्निकल र सेल्सको ज्ञान प्रदान गरिनुका साथै सो ज्ञानलाई वास्तविक क्षेत्रमा प्रयोग गर्ने वारेमा आवश्यक मार्गदर्शन गरिएको गल्फ लुब्रिकेन्टले बताएको छ ।

देशभरका ४० डीएसई सम्मिलित सो तालिममा कम्पनीको यो वर्षको स्किम, नीति र ब्रान्ड क्रियाकलापका साथै बजार रणनीतिका वारेमा छलफल भएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडको तर्फबाट ब्रान्ड एन्ड मार्केटिङ डिपार्टमेन्टका प्रद्युम्न न्यौपाने र रविन्द्र उपाध्याय, सेल्स डिपार्टमेन्टका दिवाकर मिश्र, फ्याक्ट्री डिपार्टमेन्ट एन्ड लजिस्टिकका प्रेमकुमार सिंह र दिपेश घिमिरे, क्वालिटी कन्ट्रोल डिपार्टमेन्टका हिरामणि त्रिताल र फाइनान्स डिपार्टमेन्टका दिनेश धितालको संलग्नता थियो ।

बाराको अमलेखगन्जस्थित गल्फ लुब्रिकेन्टको अन्तर्राष्ट्रिय स्तरको कारखाना रहेको छ । त्यही कारखानामै तालिम सम्पन्न गरिएको हो ।

सो अवसरमा डीएसईहरुलाई कारखाना अवलोकन गराई गल्फ लुब्रिकेन्टको उत्पादन प्रक्रिया वारेमा समेत जानकारी गराइएको थियो ।

Subscribe Now