Check, click, shop
फोर्डद्वारा एकै दिनमा १०० वटा गाडी हस्तान्तरण

काठमाडौं – नेपालमा एकै दिनमा १०० वटा नयाँ फोर्ड गाडीहरु हस्तान्तरण गरिएको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाउन् भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको कम्पनीले बताएको छ ।

बजारमा फोर्ड गाडीको उच्च माग भएको र आज घटस्थापनाको शुभ दिनमा नेपालभरीका आफ्ना डिस्ट्रिव्यूटर्सहरुको माध्यमबाट १०० वटा गाडीहरुको हस्तान्तरण गरेका नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ फोर्डले बताएको छ ।

ती मध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा बुटवल, १५ वटा नेपालगन्ज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दाङ, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगन्ज र ३१ वटा काठमाडौमा हस्तातरण गरिएको छ ।

ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफर मार्फत उपहारहरु पनि पाएका छन् ।

यस अफरमा ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै रु. ५०,००० देखि रु. २,५०,००० बराबरको पक्का उपहार पाउने छन् । साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्डमा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउने छन् ।

 

Subscribe Now