Check, click, shop
फोर्डको एस्पायर फेसलिफ्ट भारतमा लन्च

फोर्डले एस्पायर फेसलिफ्ट भारतीय बजारमा लन्च गरेको छ । नयाँ दिल्लीको एक्स सोरुममा यसको मूल्य ५ लाख ५५ हजार भारु तोकिएको छ ।

पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध एस्पायर विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ । यसको टप मोडलको मूल्य ८ लाख ४९ हजार रुपैयाँ छ ।

सो कारको प्रतिस्पर्धा मारुती सुजुकी डिजायर, होन्डा अमेज, फक्सवागन एमिओ र टाटा टिगोर आदिसँग हुनेछ ।

नयाँ फोर्ड एस्पायरको पेट्रोल इन्जिनमा नयाँ ड्रागन सिरिजको १.२ लिटर, थ्री सिलिन्डर र १.५ लिटर, थ्री सिलिन्डर युनिट छ । त्यसैगरी डिजेल भेरिएन्टमा १.५ लिटर टीडीसीआई इन्जिन छ ।

यसको लुक्समा पनि केही परिवर्तन गरिएको छ । यसमा हनीकम्ब प्याटर्न ग्रिल सपोर्ट हुन्छ । त्यसैगरी हेडल्याम्प क्लस्टर पनि केही परिवर्तित छ । नयाँ फ्रन्ट बम्पर र ब्ल्याक कलर डिजाइन इलिमेन्टको ह्यान्डल बार छ ।

त्यसैगरी मल्टी स्पोक एलोई ह्विल र अपडेटेड ओआरभीएम छ । यसको क्याबिन ड्युअल टोन सहितको छ । त्यसैगरी ८ इन्च टचस्क्रिन डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिष्टम छ, जसले फोर्डको इन कार कनेक्टिभिटीलाई सपोर्ट गर्छ ।

कारमा अटो क्लाइमेट कन्ट्रोल र स्टार्ट अप बटन लगायतका विभिन्न फिचर समेत उपलब्ध छन् ।

 

Subscribe Now