Check, click, shop
फोर्डले बनायो एक करोडौं मस्ट्याङ

फोर्डले आफ्नो एक करोडौं मस्ट्याङलाई अमेरिकाको मिचिगनस्थित फ्ल्याट रक एसेम्बली प्लान्टमा सार्वजनिक गरेको छ ।

बेस्ट सेलिङ स्पोर्ट्स कारको रुपमा परिचित फोर्डले यो अर्को उपलब्धि हासिल गरेको हो ।

फोर्ड मस्ट्याङको सो २०१९ जीटी कन्भर्टिबललाई इतिहासमै पहिलो पटक उत्पादन गरिएको मस्ट्याङ जस्तै विम्बलडन ह्वाइट कलरमा पेन्ट गरिएको छ । सन् १९६४ को अप्रिलमा सिरियल नम्बर ००१ भएको सो मस्ट्याङलाई एक जना एयरलाइन पाइलटले किनेका थिए ।

पछि सन् १९६६ मा १० लाख मस्ट्याङ उत्पादन भएको उपलक्ष्यमा फोर्डलाई नै एक्सचेन्जको रुपमा फिर्ता गरिएको थियो ।

सन् २००८ मा फोर्डले ९० लाख मस्ट्याङ उत्पादन गरेको थियो । मन्दीका कारण विस्तारै यसको बिक्रीमा गिरावट आयो । कम्पनीले सन् २०१५ मा सिक्स्थ जेनेरेसन कार सार्वजनिक गरे पछि यसको बिक्रीमा बढोत्तरी हुन थाल्यो ।

सन् २०१८ को मध्य सम्म करिब ५ लाख कार उत्पादन भएकोमा हाल एकै पटक १० लाख पुगेर एक करोडको आँकडा पार गरेको हो ।

यद्यपि सो कार हामीले सोरुममा भने देख्न पाउने छैनौ । फोर्डले केही समय यो गाडीलाई प्रवद्र्धनात्मक कार्यमा प्रयोग गर्नेछ । त्यसपछि यसलाई कुनै म्युजियममा वा अक्सनमा पनि राख्ने सक्ने सम्भावना छ ।

आगामी दिनमा फोर्ड मस्ट्याङको अर्को माइलस्टोन अर्थात १ करोड १० लाख संख्याको कार पाउने सम्भावना भने कमै छ । किनभने फोर्डले केही वर्षमै हाइब्रिड मस्ट्याङ ल्याउने योजना बनाएको छ । यो अटोनोमस वा अल–इलेक्ट्रिक एसयूभी पनि हुन सक्ने छ ।

 

Subscribe Now