Check, click, shop
गाडीको उत्कृष्ट माइलेजका लागि यसो गरौं
वजारमा इन्धनको मूल्य आकासिदो छ । इन्धनको सन्दर्भमा हामी परनिर्भर छौ । आफ्नै उत्पादन नभएकाले इन्धनको मूल्यमा पनि विदेशी वजारवाट प्रभावित हुन परिरहेको छ । यो विद्यमान परिस्थितिलाई हामीले चुपचाप सामना गर्नु परेको छ ।

सरकारले जतिसुकै मूल्य वढाएपनि हामी त्यसको विरोधमा उत्रनुको कुनै तुक छैन । साथै यसको विकल्प पनि छैन, हामीस“ग । त्यसैले आफुले प्रयोग गर्ने गाडीमा कम इन्धन कसरी खपत हुनसक्छ ? यसवारे सोच्नु लाभदायक हुन्छ । किनभने हामीले जानी नजानी गाडीमा अनावश्यक इन्धन खर्चिइरहेका हुन्छौ । अतः यसरी अनावश्यक रुपमा हुने इन्धन खपत न्यूनीकरण गरेर इन्धन अभावको समस्यावाट छुटकारा पाउन सकिन्छ । त्यसका लागि यहा केही उपाय सुझाइएको छ ।

भारी कम गरौं
गाडीमा राखिने सामग्रीको वजन (तौल) वाट इन्धन खपत प्रणालीमा पुरा असर पर्छ । कतिपय मानिसहरु आफ्नो गाडीमा आवश्यक भन्दा वढी सामग्री लादिरहेका हुन्छन् । यसले गाडीलाई सोझो भार पर्छ र इन्धन खपत पनि वढ्छ । त्यसैले गाडीमा आवश्यक भन्दा वढी भारी राख्नु हुदैन । यसवाट तपाइको कारको तौल घट्छ र इन्जिनको गति लिनका लागि कम इन्धन खर्च हुन्छ ।

टायरको आकार
इन्धन खपतमा गाडीको टायरको आकारले पनि महत्व राख्छ । मानिसहरु गाडीको आकर्षक लुकका लागि टायर समेत मोडिफाई गर्छन् । गाडीको ओरजिनल टायरको स्थानमा मोटो (वाइडर) टायर प्रयोग गर्छन् । मोटो टायरले गाडीको इन्जिनमा धेरै शक्ति दिनुपर्ने दवाव सिर्जना गर्छ । जसले गर्दा इन्जिन चल्नका लागि वढी इन्धन आवश्यक हुन्छ । त्यसैले गाडीमा जुन किसिमको टायर प्रयोग गरिएको छ, त्यसलाई यथास्थितिमा राखेर इन्धन खपत कम गर्न सकिन्छ ।

पार्किङमा ध्यान
जव तपाइ आफ्नो कारलाई घर वा वाहिर पार्किङ गर्नुहुन्छ, त्यस अवस्थामा पनि विशेष ध्यान दिन जरुरी छ । गाडी पार्किङ गर्दा यस्तो पोजिसनमा राखौं, जसलाई दुइ पटक निकाल्नका लागि रिवर्स गियरको प्रयोग गर्न नपरोस् । अर्थात गाडी पार्किङ गर्दा एक तिरवाटै सजिलै निकाल्न सकिने पोजिसनमा राखौं ।

सडकमा सावधानी
जव तपाई सडकमा हुनुहुन्छ र नजिकै सिग्नल छ भने गाडीको इन्जिन वन्द गर्न नभुलौ । थोरै समयमा सिग्नल अन भइहाल्छ भनेर इन्जिन सञ्चालन गरिरहदा स्वतः इन्धन खपत वढ्ने भयो ।

समयअनुसार गियर परिवर्तन
जव गाडी चलाइरहेको हुन्छौ, तव गियर सावधानीपूर्वक वदल्नु एकदमै आवश्यक हुन्छ । यात्राका दौरान कमसेकम गियर वदल्ने प्रक्रिया प्रयोग गर्नुपर्छ । जव जरुरत पर्छ, तवमात्र गियर वदलौ । ध्यान दिन जरुरी छ कि, धेरै भन्दा धेरै गियर प्रयोग गर्दा इन्धन खपत वढ्छ ।

एक्सिलरेटरमा ध्यान
एक्सिलरेटर त्यो यन्त्र हो, जसको सिधा सम्वन्ध इन्जिन र इन्धन ट्यांकीस“ग हुन्छ । एक्सिलरेटर नै गाडीको इन्जिन र फ्युल ट्यांकको मिडियटर हुन्छ । जव तपाई पहिलो गियरमा गाडी अगाडि वढाउनुहुन्छ, तव विस्तारै एक्सिलरेटरलाई छाड्नुहोस् । कतिपय मानिसहरु ज्यादा पिकअप लिने चक्करमा धेरै एक्सिलरेटर प्रयोग गर्छन् । अतः ज्यादै एक्सिलरेटर प्रयोग गर्दा इन्धन खपत वढ्छ ।

गाडीको सर्भिसिङ
समय सयममा गाडीको सर्भिसिङमा ध्यान दिनुपर्छ । एयर फिल्टर सफा गर्न भुल्नु हुदैन । यसले पनि इन्धन खपत कम गराउन सहयोग गर्छ ।

Subscribe Now