Check, click, shop
फिसिटाको कंग्रेस भारतको चेन्नाईमा, नेपाली प्रतिनिधि समेत सहभागी

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालका उपाध्यक्ष मधुसूदन सिग्देल र सचिव प्रवेश पौडेलले फिसिटाका सीईओ क्रिस मेसन र डाइरेक्टर अफ मेम्बर सर्भिस केली विलियम्ससँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा नेपालमा मोबिलिटी क्षेत्रमा भइरहेका कार्यको वारेमा पौडेल र सिग्देलले जानकारी प्रदान गरेका थिए । नेपालले फिसिटाको सदस्यता लिने प्रक्रियामा रहेको र यसको प्रगतिको वारेमा समेत जानकारी आदानप्रदान भएको थियो ।

त्यसैगरी एसएई इन्डिया अर्थात सोसाइटी अफ अटोमोटिभ इन्जिनियर्स इन्डियाका अध्यक्ष डा. के. सी. बोरासँग पनि उनीहरुले भेट गरेका थिए । सो अवसरमा नेपालको अटोमोबाइल क्षेत्रमा गर्न सकिने सुधारको सम्भावना वारेमा चर्चा भएको थियो ।

हाल भारतको चेन्नाईमा फिसिटाको ३७औं अटोमोटिभ वर्ल्र्ड कंग्रेस चलिरहेको छ । गत अक्टोबर २ देखि प्रारम्भ भएको सो कांग्रेस आज अर्थात अक्टोबर ५ मा समापन हुँदैछ ।

Disruptive Technologies for Affordable and Sustainable Mobility  थिममा आयोजना भइरहेको सो कांग्रेसमा टेक्निकल प्रोग्राम वाहेक ग्लोबल एक्जिविसन, स्पेसल सेसन, विद्यार्थी तथा युवा इन्जिनियरहरुका गतिविधि, टेक्निकल भिजिट र सोसल इभेन्टहरु भएका छन् ।

सन् १९४८ मा स्थापना भएको फिसिट अटोमोटिभ इन्जिनियरहरुको अन्तर्राष्ट्रिय नेटवर्क हो । यसमा ३७ देशका २ लाख १० हजार भन्दा बढी इन्जिनियरहरु सहभागी छन् ।

FISITA को पूर्ण रुप Fédération Internationale des Sociétés d'Ingénieurs des Techniques de l'Automobile हो । यसको खास अर्थ ‘द इन्टरनेसनल फेडरेसन अफ अटोमोटिभ इन्जिनियरिङ सोसाइटिज’ हुन्छ ।

 

 

 

Subscribe Now