Check, click, shop
खुट्टाले कार चलाउने विश्वको पहिलो रेसिङ ड्राइभर

पोल्याण्डमा बस्ने ३२ वर्षिय बार्टेक ओस्तालोस्की सम्भवतः विश्वको पहिलो रेसिङ ड्राइभर हुन्, जसले खुट्टाले कार चलाउछन् ।

करिब १५ वर्ष अगाडि एउटा भयानक मोटरसाइकल दुर्घटनामा उनको दुबै हात गुमेको थियो । यो दुर्घटना पछि उनले आफ्नो प्रोफेसनल रेसिङ ड्राइभर बन्ने सपना कहिले पुरा नहुने भयो भनी सोचेका थिए ।

उनले कहिले हार मानेनन् । बार्टेकले आफ्नो सपना पुरा गर्न खुट्टाले नै रेसिङ तयारी थाले । शारीरिक कमजोरी हुँदा हुँदै पनि बार्टेनले आफ्नो सपना पुरा हुनबाट रोक्न सकेनन् ।

तीन वर्षको कडा मेहनत पछि खुट्टाले कार चलाएरै बार्टेक विश्वको पहिलो बाइक रेसिङ ड्राइभर बने । उनले फुल इन्टरनेसनल रेसिङको लाइसेन्स लिए । युरोपियन च्याम्पियनसिप अफ र्याली क्रस र कप अफ पोल्याण्डमा भाग लिएर उनले आफ्नो दक्षता प्रदर्शन गरे ।

बार्टेकको लक्ष्य यतिमा मात्र सीमित रहेन । उनले आफ्नो चुनौतीलाई एक कदम अगाडि बढाएर ड्रिफ्टिङ क्षेत्रमा पनि आफ्नो कौसलता देखाउन चाहे । तर बार्टेकको लागि यो निकै चुनौतीको विषय थियो । किनकि यो खेलमा गियर चेन्ज गर्ने र निकै कम समयमा ह्यान्डब्रेकको प्रयोग गर्नु जरुरी हुन्छ ।

यसको लागि उनले आफ्नो टिम बार्ट रेसिङको स्थापना गरे । सजिलो बनाउनको लागि बार्टेकको कार निसान आर३४ स्काइलाइनमा केही महत्वपुर्ण परिवर्तन गरे । कारमा गरेको परिवर्तनको कारण बार्टेकले ड्रिफ्टिङ सर्किटमा आफ्नो रेस पुरा गर्न सके ।

बार्टेनले कारमा नयाँ इन्जिनको प्रयोग गरेका थिए । यसमा विशेष प्रकारको ट्रान्समिन र इन्डिपेडेन्ट गियरबक्सको प्रयोग गरिएको थियो । हुनत अहिले पनि बार्टेन स्ट्यान्डर्ड स्टेयरिङ ह्विलको प्रयोग गर्छन्, जसलाई उनले आफ्नो एउटै खट्टाले मात्र नियन्त्रित गर्ने गर्छन् ।

बार्टेनले सन २०१४ मा भएको ड्रिफ्ट ओपन किङ अफ युरोपमा भाग लिएका थिए । जुन उनको लागि एक टर्निङ प्वाइन्ट सावित भयो । अब उनको लक्ष्य भनेको यस प्रकारको प्रतियोगितामा सामेल भइराख्नु थियो ।

Subscribe Now