Check, click, shop
एमजीका गाडीमा २ लाख २५ हजार रुपैयाँसम्मको छुट

काठमाडौं – एमजी मोर्टसले आफ्ना गाडीहरुमा २ लाख २५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ ।

कम्पनीले एमजी मोटर्ससँग पाउनुहोस् आकर्षक अफरहरु नामक योजना ल्याएको छ ।

एमजीले पछिल्लो समयमा नेपाली बजारमा भित्र्याएको एमजी जेडएस गाडीलाई केन्द्रीत गरी विशेष योजना ल्याएको छ । यस अन्तर्गत आकर्षक नगद छुट, एक वर्षको नि:शुल्क इन्स्योरेन्स, सडक दस्तुर छुट र नि:शुल्क एसेसरिज उपलब्ध गराउने भएको छ ।

एमजीका जीएस र जेडएस मोडलका कम्प्याक्ट र प्रिमिएम एसयुभी नेपाली बजारमा उपलब्ध रहेका छन् । यसले उत्कृष्ट इन्जिनियरिङ, स्टाइल, सेफ्टी र आरामदायी विशेषतालाई बढावा दिने कम्पनीको दावी छ ।

एमजीले सधै आफ्ना मोडलहरुमा पावर र सेफ्टीलाई मुख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने गर्छ । साथै, सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालिटी र पावरफुल इन्जिन यसका अन्य विशेषता हुन् । एनक्याप अष्टेलियाले यसलाई क्रयास टेष्टमा ५ स्टारको रेटिङ दिएको बताएको छ ।

एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्मका फिचर रहेको छ ।

त्यसैगरी एमजी जेडएस अर्को महत्वपूर्ण एसयूभी हो । यसका अलावा कम्पनीले प्रिमियम सेडान एमजी ६ र सानो ह्याचब्याक एमजी ३ नेपाली बजारमा उपलब्ध गराउादै आएको छ ।

२०१९ बाट भारतमा उत्पादन सुरु भएसगै दक्षिण एसियाको बजारमा यसको उपस्थिति अझ बलियो हुने बताइएको छ ।

एमजीका गाडीको उत्पादन सन् १९२१ देखि बेलायतमा सुरु भएको हो । यो कार सुरुवाती समयमा विलियम मोरिसले निर्माण गरेका थिए ।

कम्पनीका उत्पादन विश्वका धेरै सेलिब्रेटी, बेलायती प्रधानमन्त्री र धेरै राजपरिवारका सदस्यको रोजाइमा परिसकेको छ । कम्पनीले २०१४ मा म्यानुफ्याक्चरर च्याम्पियनसिप समेत जितेको थियो ।

नेपालमा एमजी मोटर्सका कारहरुको मूल्य ५३ लाख ५० हजार रुपैयाा देखि प्रारम्भ हुन्छ ।

Subscribe Now