Check, click, shop
भारतमा आयो साढे ३ करोड भारुको फरारी पोर्टोफिनो, ३.५ सेकेन्डमै १०० किलोमिटर गति

भारतमा फरारी पोर्टोफिनो कन्भर्टिबल कार लन्च भएको छ । यसको मूल्य एक्स सोरुममा ३ करोड ५० लाख भारु तोकिएको छ ।

गत वर्ष इटालीमा कम्पनीको ७०औं वार्षिकोत्सवको अवसरमा यसलाई सबैभन्दा पहिले सार्वजनिक गरिएको थियो ।

विशेष प्रकारको फ्रन्ट इन्ड र विशेष आकारको एलईडीले यसमा परम्परागत लुक्स प्रदान गरेको छ । यसमा कार्बन फाइबर साइड स्कर्ट र टेल ल्याम्पसम्म जाने ह्विल आर्च उपलब्ध छ ।

अघिल्लो भागको लुक्स भने नयाँ प्रकारको छ । यसमा ट्विन टेल ल्याम्प, क्वाड एक्जस्ट सेटअप र नयाँ बुट लिड छ ।

कम्पनीका अनुसार यसको च्यासिसमा दोस्रो पटक गरिएको डिजाइनका कारण तौलमा ८० प्रतिशत कमी ल्याइएको छ । त्यसैगरी सो च्यासिस ३५ प्रतिशत धेरै मजबुत छ ।

फरारी पोर्टोफिनोमा ३.९ लिटर ट्विन टर्बो भी८ इन्जिन छ, जसले ६०० बीएचपी पावर र ७६० एनएम टर्क प्रदान गर्छ । यसको टप स्पिड ३२० किलोमिटर प्रतिघण्टा छ र ३.५ सेकेन्डमै यसले शून्य देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

यसको इन्टेरियरमा १०.२ इन्चको टचस्क्रिन छ भने प्यासेन्जरका लागि अलग स्क्रिन उपलब्ध छ । यसमा ४ जना ब्यक्ति बस्न सकिन्छ ।

Subscribe Now