बुलेट ट्रेन भन्दा पनि तीव्र गतिका ५ कार

बुलेट ट्रेन । यो शब्द धेरेको मुखमा झुन्डिरहेको हुन्छ । तीव्र गति भएको रेल अर्थात ट्रेनलाई बुलेट ट्रेन भनिन्छ । नेपालमा यस्ता रेल आउने सम्भावना अहिले नै छैन ।

तर भारतले भने बुलेट ट्रेनको आयात गर्ने भएको छ र यसको औसत गति २५० किलोमिटर प्रति घण्टा रहनेछ । यसको टप स्पिड ३२० देखि ३५० किलोमिटर प्रति घण्टाको बीचमा हुनेछ । भारतमा हाल भएको ट्रेन भन्दा यी ट्रेन दुईगुणा तीव्र गतिमा चल्छ ।

यद्यपि विश्वमा यस्ता बुलेट ट्रेन भन्दा तीव्र गति भएका कार पनि छन् । अटो क्षेत्रमा कारको निर्माण पनि तीव्र गतिमा हुने गरेका छन् जसको स्पिड बुलेट ट्रेन भन्दा पनि तीव्र छ ।

यी ५ कारहरु बुलेट ट्रेन भन्दा पनि तीव्र गतिमा चल्ने कारहरु हुन् ।

हेनेसी भेनम जीटी
यो कार सन् २०१० मा पहिलो पटक लन्च भएको थियो । हेनेसीले गत वर्ष केनेडी स्पेस सेन्टरमा २७०.४ एमपीएच अर्थात ४३५.२ किलोमिटर प्रति घण्टाको स्पिडको रेकर्र्ड बनाएको थियो । तर यो पनि मात्र एक दिशाको लागि थियो । गिनीज बुक अफ वल्र्ड रेकर्डले यो कारलाई फास्ट कारको मान्यता दिएन । यो कारलाई ० देखि ३०० किलोमटिर प्रति घण्टाको स्पिडसम्म पुग्नको लागि १३.६ सेकेन्डको समय लाग्छ । यो कारले ४३५.२ किलोमटिर प्रति घण्टा प्रोडक्शन कार स्पिड र ४२७.४ किलोमिटर प्रति घण्टा कन्भर्टिबल स्पिडको रेकर्ड हासिल गरेको छ ।

बुगाटी चिरोन
यो कारले मात्र ४१.९६ सेकन्डमा ४०० किलोमटिर प्रति घण्टाको स्पिडको वल्र्ड रेकर्र्ड बनाएको थियो । कारको टप स्पिड ४२० किलोमिटर प्रति घण्टा रहेको छ । कम्पनीले यसमा ८ लिटरको इन्जिन जडान गरेको छ जसले १५०० बीएचपीको पावर दिन्छ । जर्मनीको टप सेक्रेट इहरा लेसिन टेष्ट ट्रयाकमा पूर्व फर्मुला वान स्टार जुआन पाब्लो मोन्टोयाले यो कारको परफर्मेन्सको टेस्टिङ गरेका थिए । कम्पनीले अहिले ५०० चिरोन्स बनाउँदैछ जसमध्ये ३०० पहिले नै बनिसकेका छन् ।

एसएससी अल्टिमेट एरो
शेल्बी सुपरकारको अल्टिमेट एरोले विश्वमा फास्टेस्ट प्रोडक्सन कारको उपाधि आफ्नो नाममा राखेको छ । यो कारको टप स्पिड ४११.९९ किलोमिटर प्रति घण्टा छ र यसले भेरोनको नन सुपर स्पोर्ट भर्सनलाई पछाडि पारेको छ । यो कारमा ६.३ लिटरको ट्विन टर्बाेचाज्र्ड भी इन्जिन जडान गरिएको छ जसले १२८७ बीएचपीको पावर दिन्छ ।

कोइनिसेग सीसीआर
बुगाटी भेरोन भन्दा पहिले सुपरकार निर्माता कम्पनी कोइनिसेगसँग विश्वको सबैभन्दा तीव्र कारको उपाधि थियो । सन २००५ मा कोइनिसेग सीसीआरको टप स्पिड ३८९ किलोमिटर प्रति घण्टा थियो । यो कारमा ४.७ लिटरको भी८ इन्जिन जडान गरिएको छ । कम्पनीले सो कार आफ्नै डिजाइन र कार्वन फाइबर बडीको साथमा उपलब्ध गराएको थियो ।

ल्याम्बोर्गिनी एभेन्टाडोर
ल्याम्बोर्गिनी एभेन्टाडोरको टप स्पिड ३५० किलोमिटर प्रति घण्टा छ र यो भारतमा चल्ने बुलेट ट्रेन भन्दा पनि तीव्र गतिमा चल्छ । यो कारमा ६.५ लिटर भी१ इन्जिन जडान गरेका छन जसले ७०० पीएसको पावर र ६९० एनएमको टर्क जेनेरेट गर्छ । यो कारलाई ० देखि १०० किलोमिटर स्पिड लिन २.९ सेकेन्ड मात्र समय लाग्छ ।

 

Subscribe Now