Check, click, shop
फोटोग्राफरका लागि बन्यो तीव्र गतिको मेमोरी कार्ड

इलेक्ट्रोनिक्स कम्पनी सोनीले संसारकै सर्बाधिक तीव्र गतिको मेमोरी कार्ड तयार गरेको छ । विशेष गरी एड्भेन्चर फोटोग्राफी रुचाउनेहरुका लागि उक्त मेमोरी कार्ड उपयोगी हुन सक्छ । कार्डमा पानी पर्दा, धुलो लाग्दा र अन्य कारणले समेत खराब हुन सक्दैन ।

सोनीले उक्त कार्डको डिजाइनमै परिवर्तन गरेको छ । कार्डको कनेक्टर रिब्सलाई थप सुरक्षित बनाइएको छ भने डाटा प्रोटेक्सन लक हटाइएको छ । ५ मिटर माथिबाट खस्दा पनि यसमा कुनै असर हुदैन ।

यसलाई एचएस टु इन्टरफेसबाट बनाइएको छ र संसारकै सर्बाधिक तीव्र गतिको कार्ड बनेको छ । कार्डले ३ सय एमबी प्रतिसेकेन्ड रिड स्पिड र २ सय ९९ एमबी प्रति सेकेन्ड राइट स्पिड छ ।

आगामी अक्टोबर महिनामा उक्त कार्ड बजारमा उपलब्ध हुनेछ । ३२, ६४ र १२८ जीबीमा उक्त कार्ड उपलब्ध हुनेछ ।

Subscribe Now