Check, click, shop
टेस्ला भन्दा फास्ट चार्जिङ कार निर्माण गर्दै जनरल मोटर्स

इलेक्ट्रिक कारको ट्रेन्ड शुरु भएको छ । आउने समयमा यस प्रकारको कार भारत तथा नेपाललगायत दक्षिण एसियाली मुलुकमा पनि देख्न सकिने छ ।

इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनीमा टेस्ला अग्रणी मानिन्छ । टेस्लाले सिंगल चार्जमा सबैभन्दा लामो दुरी तय गर्ने कार निर्माण गर्ने बताएको छ । इलेक्ट्रिक कारमा टेस्लालाई प्रतिस्पर्धा गर्न कसैले सकेको छैन । तर, जनरल मोटर्सको नयाँ इलेक्ट्रिक कार भने यसको प्रतिस्पर्धामा उभिन सकिनेछ ।

जनरल मोटर्सको इलेक्ट्रिक कारको ब्याट्री मात्र १० मिनेटमा चार्ज हुन्छ । एक पटक चार्ज भइसकेपछि यो कारले लगभग २८० किलोमिटरको दुरी तय गर्छ । यस प्रकारको क्विक चार्जिङ टेस्लाको सुपरचार्जर्स भन्दा पनि निकै राम्रो मानिन्छ ।

कम्पनीको रिसर्च पार्टनर डेल्टा अमेरिकाज यो फास्ट चार्जिङ सिस्टम तयार गर्ने कार्यमा लागिरहेको छ । सो प्रोजेक्ट ३ वर्षमा पुरा गर्ने लक्ष्य छ । जनरल मोटर्सका अनुसार सन् २०२३ सम्ममा यो इलेक्ट्रिक कार बजारमा बिक्रीको लागि उपलब्ध हुनेछ । प्रारम्भमा कम्पनीले २० वटा इलेक्ट्रिक कार निर्माण गर्नेछ ।

 

Subscribe Now