Check, click, shop
७० देखि ९० को दशकमा शानदार थिए यी १० कार

भारतमा अटोमोबाइल व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । कैयौ भारतीय कम्पनी र विदेशी कम्पनीहरु हरेक महिना नयाँ नयाँ बाइक तथा कारहरु लन्च गरिरहेका हुन्छन् । यद्यपि सबै बाइक तथा कार ग्राहकको छनोटमा नपर्न पनि सक्छन् । तर मन परेका कारहरु कैयौंले त वर्षाै सम्म पनि चलाइरहेका हुन्छन् ।

आज हामी तपाईंहरुलाई यस्तै शानदार कारको बारेमा जानकारी दिन गइरहेका छौं जसले दशकौं वितिसक्दा पनि ग्राहकहरुलाई लोभ्याइरहेका छन् ।

हिन्दुस्तान एम्बेसडर
भारतका केही नेताले अहिले पनि यो कारको प्रयोग गरिरहेको देखिन्छ । कुनै जमानामा भीआईपीहरुको पहिलो च्वाइस हुने यो एम्बेसेडर कार ब्रिटिश कार मोरिस १० बाट प्रभावित भएर बनाइएको थियो । यसको निर्माण सन् १९५८ मा शुरु भएको थियो तर २०१४ सम्म आइपुग्दा यो कारको निर्माण बन्द गरिएको थियो ।

हुन्डाई स्यान्ट्रो
कार निर्माता कम्पनी हुन्डाईले स्यान्ट्रोको साथमा भारतमा प्रवेश गरेको थियो । यो कारले भारतीय बजारमा निकै नै सफलता पाएको थियो । तर यो कारको निर्माण सन् २०१४ मा बन्द गरिएको थियो । तर अहिले पनि यो कारको क्रेज उत्तिकै छ जति पहिला थियो । हुन्डाईले स्यान्ट्रो कारलाई फेरि बजारमा ल्याउने योजना बनाइरहेको छ र यही वर्ष यो कार भारतमा लन्च हुने छ ।

मारुती ८००
मारुतीको पहिलो कार मारुती ८०० थियो । यो कारले भारतीय अटोमोबाइल क्षेत्र पुरै परिवर्तन गरेको थियो । सन् १९८३ मा लन्च गरिएको यो कार मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा पथ्र्यो । २०१४ मा एमिसन नम्र्सको कारण यो कारको निर्माण बन्द गरिएको थियो ।

मारुती सुजुकी जेन
मारुती सुजुकीको यो कार निकै नै लोकप्रिय भएको थियो । सन् १९९३ मा यो कारको निर्माण शुरु भएर २००६ मा यसको निर्माण बन्द भएको थियो । यो कारलाई कम्पनीले एस्टिलोसँग रिप्लेस गरेको थियो तर ग्राहकहरुलाई एस्टिलो खासै लोभलाग्दो लागेन । एक समयमा जेन कम्पनीको बेस्ट सेलिङ कार थियो ।

मारुती सुजुकी १००० (एस्टीम)
मारुतीको यो कार खरिद गर्नको लागि ग्राहकहरुलाई लामो समयसम्म प्रतिक्षा गर्नु पथ्र्यो । यो कार यति धेरै लोकप्रिय भयो कि यो कार बेच्नको लागि कम्प्युटराइज्ड लटरी सिस्टमको प्रयोग गर्नु परेको थियो । यसको निर्माण सन् १९९० देखि २००० सम्म मात्र भयो । आज पनि कैयौ मानिसहरुसँग एस्टीम कार देख्न सकिन्छ ।

हिन्दुस्तान कन्टेसा
यो कारको निर्माण सन् १९८४ मा शुरु भएको थियो । यो लक्जरी सेडानलाई भक्सहल भीएक्स सिरिजको आधारमा बनाइएको थियो । आफ्नो समयमा यो कार बलिउड स्टारहरुको मनपर्ने कार हुने गथ्र्यो । २००२ सालमा यो कारको निर्माण पुर्ण रुपमा बन्द गरिएको थियो ।

फियाट पद्मिनी
फियाटको पद्मिनी कुनै बेला निकै नै लोकप्रिय थियो र अधिकांश सेलिब्रेटीको रोजाइमा पथ्र्यो । सन् १९७३ देखि १९९८ सम्म यसको उत्पादन गरिएको थियो । पहिले फियाट ११०० नाम राखिएको सो कार भारतको चित्तौढ राज्यकी महारानीको सम्झनामा पद्मिनी नाममा परिवर्तन गरिएको थियो । पछि मारुतीले बजार कब्जा गरे पछि पद्मिनीको क्रेज घटेको थियो ।

ओपेल आस्ट्रा
जर्मन कार निर्माता कम्पनी ओपेलले उत्पादन गरेको आस्ट्रा विशेष गरी सम्भ्रान्त वर्गहरुका लागि लोकप्रिय थियो । यसको लुक्स र फिचरका कारण यो त्यति धेरै लोकप्रिय बनेको थियो । यद्यपि पछि क्रमशः यसको लोकप्रियता घट्दै गएको थियो ।

मारुती सुजुकी जिप्सी
मारुती जिप्सी पहिले निकै लोकप्रिय कार हो । यसको लोकप्रियताकै कारण फेरि बजारमा उतार्ने प्रक्रियामा मारुती लागिरहेको छ । टफ टेरेनमा समेत राम्रोसँग चलाउन सकिने भएकाले विशेष गरी र्याली रेसरहरुका बीचमा यो निकै लोकप्रिय थियो । सैनिक अधिकारीहरुले पनि यसको प्रयोग गर्थे ।

ओम्नी भ्यान
मारुती सुजुकीको ओम्नीलाई छोटकरीमा ओम्नी भ्यान भनिन्छ । सन् १९८४ देखि बजारमा उपलब्ध ओम्नी भ्यान स्लाइडिङ डोर र स्पेसियस इन्टेरियरका कारण लोकप्रिय छ । धेरै सहरहरुमा यसलाई एम्बुलेन्सको रुपमा पनि प्रयोग गरिन्छ । छोटो दुरीमा सामानहरु ओसारपसार गर्नका लागि समेत यसको प्रयोग गरिन्छ ।

 

Subscribe Now