Check, click, shop
फेसबुक वाच आउने, युट्युबलाई चुनौती

फेसबुकले आफ्नो छुट्टै भिडियो स्ट्रिमिङ्ग सेवा फेसबुक वाच ल्याएको छ । पहिले देखि नै उपलब्ध भए पनि अब यो सेवा सबैका लागि उपलब्ध गराइने भएको छ ।

फेसबुक वाचमा प्रयोगकर्ताले आफूलाई मनपर्ने शो छनोट गर्न सक्छन् । न्युज फिडमा सेभ गरिएका क्लिपहरु पनि यसमा हेर्न सकिन्छ । फेसबुकको यो सेवाले हाल प्रचलित युट्युबलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

त्यसैगरी यसले परम्परागत टिभी च्यानल तथा नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर तथा फेसबुकको आफ्नै इन्स्टाग्राम टिभी जस्ता अनलाइन आउटलेटहरुलाई पनि चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

फेसबुक वाचले मानिसहरुलाई अन्तरक्रिया गर्नमा सहयोग गर्नेछ । फेसबुकको वाच सर्भिसका लागि भिडियो सामाग्री तयार गर्न चाहनेहरुका लागि केही योग्यता हुनु आवश्यक छ । त्यसका लागि भिडियो ३ मिनेट भन्दा लामो हुनुपर्छ ।

दुई महिना भित्रमा उक्त भिडियोलाई कम्तिमा ३० हजार मानिसले एक मिनेट हेरेको हुनुपर्छ । त्यस्तै १० हजार भन्दा धेरै फलोअर्स हुनुपर्छ भने कार्यालय एड ब्रेकवाला सुविधा उपलब्ध भएको देशमा हुनुर्छ ।

Subscribe Now