Check, click, shop
विश्वको सबैभन्दा महँगो नम्बर प्लेट, मूल्य २ अर्ब भन्दा बढी

तपाईंहरुले सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट त देख्नु भएकै होला । यी नम्बर प्लेटहरु सरकारी नियम अनुसार नै लगाइएको हुन्छ । जसको मुल्य सायद एक सय देखि दुई सय मात्र हुन्छ ।

केही महिना अगाडि नेपाल सरकारले इम्वोस्ड नम्बर प्लेटको अवधारणा लिएर आएको छ र यसको मुल्य पनि २ हजार ५ सय देखि ३ हजार ६ सय रुपैयाँ मात्र पर्छ ।

तर विश्वमा यस्तो नम्बर प्लेट पनि छ जसको मुल्य सुन्दा तपाई अचम्ममा पर्नु हुनेछ ।

ब्रिटेनमा ‘F1‘ नम्बर प्लेट भएको एउटा कार छ जसको मुल्य १४ मिलियन पाउण्ड (नेपालीमा झन्डै २ अर्ब रुपैयाँ भन्दा माथि) पर्छ । यो नम्बर प्लेट विश्वको सबैभन्दा महँगो नम्बर प्लेट हो ।

‘F1‘  नम्बर प्लेट विगत १० वर्ष देखि ब्रिटेनमा निकै चर्चित छ । यो नम्बर प्लेट मर्सिडिज, एसएलआर र बुगाटी जस्ता कारमा देख्न सकिन्छ । यो नम्बर प्लेटमा २ वटा अक्षर भएको कारणले यस्तो मुल्य महँगो भएको मानिन्छ ।

यो नम्बर प्लेट बेच्नको लागि बुगाटी भेरोनको मालिक अफजल खानले विज्ञापन दिएका थिए । खान यस्तै नम्बर प्लेट कस्टमाइज्ड भेइकल बनाएर बेच्ने गर्छन् ।

यो भन्दा पहिला दुबईमा D5 को नम्बर प्लेट ६७ करोडमा बिक्री भएको थियो । जुन भारतका बलविन्दर साहनीले खरिद गरेका थिए । विश्वका सबैभन्दा महँगो नम्बर प्लेटमा एउटा अक्षर भएको ‘1’ पनि पर्छ जसको मूल्य ८ मिलियन युरो पर्छ । त्यस्तै गरि ‘5’ नम्बरको मूल्य ४ मिलियन युरो र ‘1D’ को मुल्य ३ लाख ९८ हजार युरो पर्छ ।

 

Subscribe Now