Check, click, shop
सवारी साधनको इन्जिनमा हुने भल्व के हो ? कसरी काम गर्छ ?
हावा वा कुनै पनि तरल पदार्थलाई एकतिर पठाउनका सहयोग गर्ने उपकरणलाई भल्व भनिन्छ । भल्वको कुरा गर्दा हामी मुटु सम्झिन्छौ । भल्वले रगतलाई एकै दिसातिर बगाउन सहयोग गरिरहेको हुन्छ । त्यसैगरी सवारी साधनको इन्जिनमा पनि भल्व प्रयोग गरिएको हुन्छ । इन्जिनको भल्वले इन्धनलाई वाहिरवाट भित्र वा भित्रवाट बाहिर पठाउछ । मानिसको मुटु र सवारी साधनको इन्जिनको काम एकै प्रकृतिको हुन्छ ।

कुनै पनि सवारी साधनमा दुई प्रकारका भल्व हुन्छन् ।
१. इन्लेट भल्व, र
२. एक्जस्ट भल्व
सवारीको इन्जिन क्षमता र शक्ति अनुसार यसको संख्या भने बढ्दै जान्छ ।

१. इन्लेट भल्व
पेट्रोल, डिजेल, मट्टीतेल आदि तरल पदार्थस“गै धेरै भाग हावा समेत इन्जिनको भित्री भागमा पठाउने काम इन्लेट भल्वले गर्छ । इन्लेट भल्वमा इन्धनस“गै हावा पनि भित्र पस्ने हुदा ताप कम हुन्छ । इन्लेट भल्वको आकार ठुलो, तर पातलो हुन्छ ।

२. एक्जस्ट भल्व
एक्जस्ट भल्वले तरल पेट्रोलियम पदार्थ बली ग्या“समा परिणत हुदा निस्कने कार्बन डाइअक्साइडलाई वाहिर पठाउने काम गर्छ । यो अवस्थामा एक्जस्ट भल्व निकै तातिन्छ । तापको कारण खराव नहोस् भनी भल्वको आकार इन्लेट भल्वको तुलनामा सानो हुन्छ, तर मोटाइ धेरै हुन्छ ।

भल्वले डिभाइस र कन्ट्रोलिङको कार्य गर्छ । मोटरसाइकल तथा स्कुटरमा कार्बुरेटरबाट जाने पेट्रोल र हावा इन्लेट भल्वबाट स“गै भित्र जान्छ । पछि पेट्रोल र हावा ब्लक नहोस् भनी कन्ट्रोल गर्ने कार्य पनि इन्लेट भल्वले नै गर्छ । आगो बल्दा निस्कने धुवा वा कार्बन डाइअक्साइड बाहिर निकाल्ने कार्य एक्जस्ट भल्वले गर्छ । बाहिर जाने ठाउ“बाटै कुनै र केही पनि भित्र आउन नदिने कार्य अर्थात कन्ट्रोलिङ गर्ने कार्य पनि एक्जस्ट भल्वले नै गर्छ । भित्र आउने र बाहिर पठाउने कार्य विभाजन गर्ने अर्थात डिभाइसको कार्य भल्वहरुले नै गरेका हुन्छन् ।

भल्वको अर्को काम कम्प्रेसर लिक हुन नदिनु हो । रिङ पिस्टनको भाग जब सिलिन्डर हेडको टप भागमा आउछ, तब दुइवटै भल्व हेड सिटमा बसी भित्र आउने र बाहिर जाने प्वाल बन्द गरीदिन्छ । यसले गर्दा कम्प्रेसर लिक हुदैन ।

भल्व कसरी चल्छ ?
इन्जिनको मुख्य भाग अर्थात मुटुको कार्य क्र्यांकसाफ्टले गरेको हुन्छ । क्र्यांकसाफ्ट र क्यामसाफ्टलाई जोड्ने काम क्याम चेनले गरेको हुन्छ । क्याम साफ्ट हेडमा बस्छ । क्यामसाफ्टमा दुइवटा रकर टच भइरहेका हुन्छन् । रकरले भल्वलाई डुबाउने र छोड्ने काम गर्छ । क्र्यांकसाफ्टले दुइपटक दुइ पटक छुदा क्याम साफ्ट एक पटक मात्र घुम्छ । एक पटक क्र्यांकसाफ्ट घुम्दा दुइवटै रकर एक एक पटक चल्छन् । यो अवस्थामा रकरले दुइवटै भल्वलाई पालैपालो डुबाउने कार्य भइसक्छ ।

चारवटा भल्व
कुनै कुनै मोटरसाइकल तथा स्कुटरमा चारवटा भल्व पनि हुन्छन् । तिनमा सिंगल पिस्टन र सिंगल हेड मात्र हुन्छ । तिनमा दुइवटा इनलेट र दुइवटा एक्जस्ट भल्व हुन्छन् । चार भल्व भएका मोटरसाइकल तथा स्कुटरले अझै पनि आफ्नो अलग्गै बजार लिइरहेका छन् ।

पिकअप
अटोमोबाइल इन्जिनियरहरुको भनाइ अनुसार दुइ भन्दा धेरै भल्व भएका मोटरसाइकलको शुरुको भन्दा गुडिसके पछिको पिककअप तुलनात्मक रुपमा बढी हुन्छ । उदाहरणका लागि दुई भल्व भएको १२५ सीसीको मोटरसाइकल हाइवेमा डबल लोड चलाउदा ९० किलोमिटर प्रतिघण्टाको उच्च पावर दिन्छ भने चार भल्व भएको त्यति नै क्षमताको मोटरसाइकलले १ सय ५ किलोमिटर प्रतिघण्टा सम्मको पावर दिन्छ ।

Subscribe Now