Check, click, shop
दसैं अगावै मयूर यातायातका सय ओटा विद्युतीय बस

काठमाडौं - मयूर यातायातले दसैं अगावै सय ओटा  विद्युतीय बस भित्र्याउने भएको छ । ति बसहरु चीनमा तयार भइसकेका छन् । काठमाडौं उपत्यकालाई दृष्टिगत गर्दै सुविधायुक्त सय ओटा विद्युतीय बस ल्याउन लागिएको मयुर यातायातले जनाएको छ ।

हाल मयूर यातायातका ४४ ओटा ठूला बस सञ्चालमा रहेका छन् । केही समयपछि काठमाडौं बाहिर पनि सेवा सञ्चालन गरिने योजना रहेको छ । नयाँ ल्याइने यि विद्युतीय बसहरु कुन रुटमा सञ्चालन गर्ने भन्ने बिषयमा छलफल भएको छैन ।

यि बसहरु एक पटक चार्ज गरेपछि ३०० किलोमिटरसम्म गुड्दछन् । विद्युतीय बससँगै त्यसका लागि आवश्यक पर्ने चार्जिङ् स्टेसन, प्राविधिक तथा दक्ष कामदारसमेत सबै पूर्वाधार पूरा भइसकेको छ । चार्जिङ स्टेसनका लागि कुनै एक उपयुक्त स्थान छनोट गरी कम्तीमा १० देखि १२ ओटासम्म चार्जिङ बुथ राखिने भएको छ ।

यि बसका लागि तीन अर्ब रुपैयाँको प्रोजेक्ट रहेको छ । यस आधारमा हेर्ने हो भने प्रतिबसको मूल्य साढे दुई करोड रुपैयाँ जति पर्ने अनुमान गरीएको छ । ठूला ठूला हाइड्रोमा लगानी गर्ने मानिसहरु पनि मयूरको विद्युतीय बसमा लगानी गर्न इच्छुक रहेकाले लगानीको कुनै समस्या नरहेको मयुर यातायातले जनाएको छ ।

 

Subscribe Now