Check, click, shop
पोखराको वजारमा इलेक्ट्रिक ‘न्यू’ स्कुटर

काठमाडौं - पोखराको वजारमा इलेक्ट्रिक ‘न्यू’ स्कुटर सार्वजनिक भए सगैँ बिक्री वितरण सुरु भएको छ । पर्यटकीय नगरी पोखरामा चाइनिज ब्रान्डको इलेट्रिक स्कुटर ‘न्यू’ भित्रिए सँगै बिक्री वितरण सुरु भएको हो ।

पोखराको सभागृहमा रहेको इलेक्ट्रो हवले सो क्षेत्रका लागि ‘न्यू’ स्कुटर बिक्री वितरणको जिम्मा लिएको छ । नेपालको लागि सो स्कुटरको आधिकारिक विक्रेता इको इन्फिनिटी हो । इको इन्फिनिटीले नम्बर प्लेट पाउने नेपालको पहिलो इलेक्ट्रिक स्कुटर न्यू भएको दाबी गरेको छ ।

उक्त स्कुटरको प्रयोगले पेट्रोलमा हुने वार्षिक करिब ५० हजारसम्मको खर्च बचाउन सक्ने कम्पनीको भनाइ छ । ६ घण्टासम्म फुल चार्ज गरेपछि ८० किलोमिटर चलाउन सकिने सो स्कुटर प्रतिघण्टा ५० किलोमिटरको गतिमा गुड्न सक्ने कम्पनीले जनाएको छ ।

‘न्यू’ स्कुटरमा मोलाइल चार्जको सुविधा, ब्याट्री निकालेर घरमै पनि चार्ज गर्न मिल्ने लगायतको सुविधा रहेको छ । यो स्कुटरको लुक्स अरु स्कुटरको जस्तै भएकाले युवा पुस्ता यस प्रति आकर्षित हुने कम्पनीको विश्वास छ ।

उक्त स्कुटरको मूल्य २ लाख ३५ हजार रुपैयाँ छ । काठमाडौंमा १ वर्ष अघिदेखि यसको बिक्री सुरु भए तापनि पोखरामा भने हाल सालै मात्र भित्रिएको हो । सो स्कुटरमा बिक्री वितरण सुरु गरीएको एक हस्तासम्म १० हजारसम्म छुट दिने इलेक्ट्रो हवले जनाएको छ ।

इलेक्ट्रो हवका निर्देशक शिव मल्लले पोखराको वातावरण सुहाउँदो हुने गरी उक्त स्कुटर पोखरामा भित्र्याएको बताएका छन् ।

Subscribe Now