सिंगल चार्जमा १२० किलोमिटर गुड्ने विद्युतीय स्कुटर भारतमा

भारतमा ओकिनावा रिज प्लस (Okinawa Ridge+) इलेक्ट्रिक स्कुटर लन्च भएको छ । ओकिनावा अटोटेक नामक कम्पनीले रिज इलेक्ट्रिक स्कुटरको नयाँ भर्सन सार्वजनिक गरेको हो । यसको मूल्य ६४ हजार ९९८ भारु राखिएको छ ।

ओकिनावा रिज प्लसमा ८०० वाटको बीएलटीडी वाटरप्रुफ मोटर छ । एक पटक फुल चार्ज गर्दा यसलाई १२० किलोमिटर चलाउन सकिन्छ ।

यसको डिजाइन पहिलेकै जस्तै छ । यो दुई कलर भेरिएन्टमा उपलब्ध छ । यसको गति ५५ किलोमिटर प्रतिघण्टा छ ।

यसमा लिथियम आयोन ब्याट्रीका साथ इलेक्ट्रोनिक असिष्टेड ब्रेकिङ सिष्टम (ई–एबीएस), एन्टी थेफ्ट अलार्म, किलेस इन्ट्री, सेन्ट्रल लकिङ र ड्रम ब्रेक जस्ता फिचर उपलब्ध छन् ।

 

Subscribe Now