यातायात व्यवसायीको चुनाव, यस्तो छ डोलनाथको प्यानल
काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ चुनावी चटारोमा छ । यही माघ १७, १८ र १९ गते चितवनमा हुन लागेको महाधिवेशनमा दुई प्यानल चुनावी मैदानमा होमिएका छन् । यस अगाडि कार्यवाहक अध्यक्षको जिम्मेवारी निभाएका डोलनाथ खनाल नेतृत्वको प्यानल लोकतान्त्रिक बाम नेतृत्वको समावेशी समूहको रुपमा प्यानल बनाएर प्रचार प्रसारमा जुटेको छ ।

खनालको नेतृत्वमा को को छन त ?
अध्यक्ष – डोलनाथ खनाल
वरिष्ठ उपाध्यक्ष – दिपक अधिकारी
वरिष्ठ उपाध्यक्ष – भरत तिमिल्सिना
उपाध्यक्ष – भिमबहादुर मानन्धर
उपाध्यक्ष – जितबहादुर भारती
उपाध्यक्ष – सरद अधिकारी
मालवाहक उपाध्यक्ष – यादवलाल श्रेष्ठ
महासचिव – पुण्यप्रसाद (सरोज) सिटौला
उपमहासचिव – डेकनाथ गौतम
उपमहासचिव – बसन्त भण्डारी
कोषाध्यक्ष– हेमेन्द्र शेरचन
सहकोषाध्यक्ष – ज्ञानेन्द्र श्रेष्ठको
नाम टुंगो लगाएको छ ।

वर्गिय सवारी र अन्य पदाधिकारीको सम्बन्धमा आवश्यकता अनुसार निर्णय गर्दै जाने अध्यक्षमा उम्मेदवार डोलनाथ खनालले जनाए । ९३ सदस्यिय कार्यसमितिमा १३ जनाको मात्रै नाम टुंगो लगाइएकोले बाँकी पदाधिकारीको छिट्टै टुंगो लाग्ने उनले जानकारी दिए । बैठकले सात वटै प्रदेश भेला आयोजना गर्ने निर्णय समेत गरेको छ ।

Subscribe Now