डुकाटीले भारतमा ल्यायो करिब २५ लाखको स्पोर्ट बाइक

इटालियन बाइक निर्माता कम्पनी डुकाटीले आफ्नो पावरफुल बाइक डुकाटी ९५९ प्यानिगेल कोर्स भारतमा लन्च गरेको छ । सो बाइकको मुल्य १५ लाख २० हजार भारु अर्थात करिब साढे २४ लाख नेपाली रुपैयाँ रहेको छ ।

यसको मूख्य विशेषता भनेको सो बाइकमा जडान गरिएको पावरफुल इन्जिन हो । यो बाइक एड्भान्स च्यासिसको आधारमा तयार पारिएको हो र यसको लुक निकै एग्रेसिभ छ ।

पावरफुल ९५५ सीसी सुपर क्वाड्रो इन्जिन
यो स्पोर्ट बाइकमा ९५५ सीसीको सुपर क्वाड्रो इन्जिन जडान गरिएको छ, जसले १०,५०० आरपीएममा १५७ वीएचपीको पावर र १०७.४ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

फिचर्स
डुकाटी ९५९ प्यानिगेल कोर्समा सुरक्षाको लागि ड्युअल च्यानल बास एबीएस सिस्टम जडान गरिएको छ । साथै डुकाटी ट्रयाक्सन कन्ट्रोल, डुकाटी क्विक सिफ्ट र इन्जिन ब्रेक सिस्टम जस्ता फिचर्स पनि समावेश गरिएको छ ।

३ प्रकारका राइडिङ मोड
डुकाटी स्पोर्ट बाइकमा ३ प्रकारको राइडिङ मोड रेस, स्पोर्ट र वेट पनि उपलब्ध छन । यसमा हरेक एक राइडिङ मोडले फरक किसिमको इलेक्ट्रोनिक सेटिङलाई सपोर्ट गर्छ । सडकको फरक फरक परिस्थितिको हिसाबले यसले परफर्मेन्स पनि राम्रो बनाउन मदत गरेको हुन्छ ।

अहिलेको लागि भारतीय बजारमा सो स्पोर्ट बाइकको पावर र परफर्मेन्सलाई प्रतिस्पर्धा दिन सक्ने कुनै बाइक उपलब्ध छैन । यद्यपि कावासाकी निन्जा जेडएक्स १०आर र होन्डा सीबीआर १०००आरआर यसको प्रतिस्पर्धि हुने छन् ।

Subscribe Now