Check, click, shop
जापानमा प्रारम्भ भयो ड्राइभरलेस कार सेवा, १ किलोमिटर यात्रा गर्न ३ सय रुपैयाँ

जापानको राजधानी टोकियोमा ड्राइभरलेस कार सेवा प्रारम्भ भएको छ । 

ड्राइभर विनैको सवारी साधनले यस प्रकारको सेवा प्रारम्भ गरेको हो ।

 विना ड्राइभरको कार उपलब्ध भए पनि यसको सवारीको लागि भने महँगो मुल्य चुकाउनु पर्ने हुन्छ । यो कारमा यात्रा गर्नको लागि १ किलोमिटरको लागि १९० रुपैया शुल्क बुझाउनु पर्नेछ । 

जापान यो टेक्नोलोजीको शुरुवात जेडएमपी र हिनोमारु कोत्सु कम्पनीले गरेको हो । जेडएमपी रोबोट बनाउने कम्पनी हो र हिनोमारु कोत्सुले जापानमा ट्याक्सी सर्भिस सञ्चालन गर्छ । 

ड्राइभरलेस कारको सेवाका लागि रोबोकार मिनी भ्यान सर्भिसको नाम दिएको छ । यो कारमा यात्रा गर्नको लागि अनलाइनबाट बुक गर्नुपर्ने हुन्छ । कारमा हुने एप र आफ्नो मोबाइलमा हुने एपले नै कारको ढोका खोल्ने र पेमेन्ट गर्नु पर्ने हुन्छ । जापानले सन २०२० मा ओलम्पिकको आयोजना पनि गर्दैछ र यो आयोजनामा ड्राइभरलेस कार निकै नै सहयोगी हुने विश्वास गरिएको छ । 

जापान पछि अमेरिकाले पनि ड्राइभरलेस कार सञ्चालन गर्ने तयारी गर्दैछ ।

भारत पनि यो टेक्नोलोजीबाट अछुतो भने छैन । भारतले पनि ड्राइभरलेस कार सञ्चालन गर्नको लागि प्रयास गरिरहेको छ । तर भारतमा भने यसको परिक्षण सफल हुन सकेको छैन । विशेषज्ञहरुको भनाइ अनुसार शुरुवातमा यस प्रकारको कारमा लागत अधिक हुन्छ तर यसको संख्या बढ्ने वित्तिकै यसको लागत पनि कम हुन्छ । 

नेपालमा पनि कुनै दिन ड्राइभरलेस कार आउला ? अहिलेलाई भने आशा मात्र गरौं । तर पनि भारतमा उपलब्ध भयो भने यो नेपालमा आउन भने समय नलाग्ला । 

 

 

Subscribe Now