गर्मीमा कारमा सुत्ने गर्नुभएको छ ? होस् गर्नुस् है
गर्मी मौसमको समय छ । यो समयमा गर्मीबाट बच्नका लागि मानिसले धेरै उपाय खोजिरहेका हुन्छन् । कतिपय ब्यक्ति कारमा आनन्दले एसी चलाएर सुतेको पनि पाइन्छ । खासगरी ट्याक्सी ड्राइभरहरु यात्रुको पखाईमा बस्दा कारमै निदाएको देखिन्छ ।

तर यसरी कारमा जथाभावी सुत्दा समस्या निम्तिन सक्छ । खासगरी ढोका बन्द गरेर सुत्ने हो भने सधैका लागि सुत्नु पर्ने पनि हुन सक्छ ।

बन्द कारमा कार्बन मोनोअक्साइड जम्मा हुन सक्छ । सामान्य अवस्थामा पनि बन्दका कारण करिब एक घण्टा भन्दा कम समयमै कार भित्र सुतेको समयमा सास बन्द भएर मानिसको मृत्यु पनि हुन सक्छ ।

एसी चलाएर सुतेमा त झन् छोटो समयमै ज्यान जान सक्छ ।

चिकित्सकहरुका अनुसार कार्बन मोनोअक्साइडको मात्रा बढेर हाम्रो साससँगै भित्र गएर रक्तसञ्चार प्रणालीमा समाहित हुन्छ । यसले अक्सिजन ग्यासको मात्रामा कमी गराउछ । यसका कारण मानिसको मृत्यु हुन्छ ।

त्यसैगरी एसी चलाएको समयमा कार बन्द हुँदा आवश्यक भेन्टिलेसनको अभावमा ग्यास एकत्रित हुन्छ र शरीरमा असर पुग्छ ।
त्यसैले कहिल्यै पनि बन्द गाडीमा आराम गर्ने उद्देश्यले सुत्नु वा बालबालिका तथा घरपालुवा जनावरलाई त्यहाँ छोड्ने गर्नु हुँदैन ।

Subscribe Now