Check, click, shop
दशैंमा तेलको लाइन बस्नु नपर्ने: आयल निगम

काठमाडौं - नेपाल आयल निगमले दशैंको समयमा तेल नपाएर लाइन बस्नु पर्ने अवस्थाको र्सिजना नहुने वताएको छ । विगतका वर्षहरुमा प्रायः दशैंअघि र पछि देशभरका पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको थियो । तर यो वर्ष आयल निगमले तेलको लाइन बस्न नपर्ने गरी डिपोहरुको व्यवस्थापन गर्ने दावी गरेको छ ।

अहिले काठमाडौंमा पेट्रोल मात्रै दिनको ७ लाख लिटरसम्म खपत भइरहेको छ । डिजेल पनि ९ लाख लिटरसम्म बिक्री वितरण भएको छ । दशैंको समयमा लामो दूरीमा जाने सवारीहरु बाक्लो मात्रामा चल्छन् । त्यसका कारण देशभर नै तेलको माग ह्वात्तै बढ्छ । त्यसैले माग व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्धहरु मिलाउने निगमले जनाएको छ ।

दशैंमा थानकोट डिपो एक दिन मात्रै बन्द गरि अर्को दिन खालिने भएको छ । बजारमा तेलको माग हुनासाथ आकस्मिक रुपमा पनि डिपो खोल्ने प्रवन्ध निगमले मिलाउने भएको छ । तेलको आपूर्तिका लागि भारतीय आयल कर्पोरेशन (आईओसी) सँग पनि समन्वय गरिने भएको छ ।

Subscribe Now