Check, click, shop
अब कारमा हुनेछ डिजिटल साइड मिरर

आजको समयमा अधिकांश कारमा इलेक्ट्रिक साइड मिरर जडान गरिएको हुन्छ । यसलाई कार भित्रैबाट सजिलै मिलाउन सकिन्छ ।

तर आगामी दिनमा कारमा डिजिटल साइड मिरर आउने भएको छ । डिजिटल साइड मिररका कारण कार भित्र जडान गरिएको डिस्प्लेमा कारको पछाडिको भाग पनि सजिलै देख्न सकिन्छ ।

रिपोर्ट अनुसार यो प्रविधिको पहिलो प्रयोग २०१९ मोडलको लेक्सस ईएस कारमा हुनेछ । जापानमा सो कारमा डिजिटल साइड मिररको प्रयोग शुरु गर्ने जानकारी दिइएको छ र भविष्यमा यसको प्रयोग अन्य कारमा पनि हुने विश्वास गरिएको छ ।

डिजिटल साइड मिररको विशेषता भनेको यसमा प्रयोग गरिएको क्यामेरामा जुम गरेर पनि हेर्न मिल्छ । कार रिभर्स गर्नु परेमा कार भित्रको डिस्प्लेमा जुम गरेर हेर्न मिल्छ ।

डिजिटल साइड मिररलाई डिजिटल आऊटर मिररको नाम दिइएको छ र यो पहिलेको मिरर भन्दा आधा कम साइजको हुन्छ । यसमा क्यामेरा जडान गरिएको हुन्छ जसलाई भित्रको स्क्रिनसँग कनेक्ट गरिएको हुन्छ । वर्षाको समयमा पनि कार भित्रबाटै बाहिरी दृश्य राम्ररी देख्न सकिन्छ । यसले ड्राइभिङ गर्न निकै सजिलो बनाउछ ।

डिजिटल साइड मिररमा ब्लाइन्ड स्पोर्ट वार्निङ र अब्जेक्ट आइडेन्टिफिकेशन जस्ता अप्सन पाउन सकिन्छ । कारसँग कोही ठोक्किने डर भएको खण्डमा कार भित्र जडान गरिएको डिस्प्लेमा हरियो बत्ती देखाउछ ।

Subscribe Now