Check, click, shop
ड्याटसनको फेस्टिभ हटडिल, ८,४०१ मासिक किस्तामै गाडी पाइने

काठमाडौं – पायोनियर मोटोकर्पले चाडबाडको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यसमा १ लाख ६ हजार सम्मको निःशुल्क एसेसरिज, २ लाखसम्मको नगद छुट समेत गरी कूल ३ लाख ६६ हजार सम्मको लाभ लिन सकिनेछ । यसमा पनि विभिन्न छुटहरु उपलब्ध छ ।

यसका साथै १ वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षका लागि सडक कर छुटको सुबिधा प्राप्त गर्नेछन् ।

ड्याटसनका गाडी खरिदमा मासिक न्यूनतम ८ हजार ४ सय १ रुपैयाँको किस्ताबन्दी योजना उपलब्ध रहेको छ । यतिथोरै मासिक किस्ताबन्दी योजना हालसम्म अन्य कुनै पनि कम्पनीका गाडीहरुमा नरहेको दाबी कम्पनीको रहेको छ ।

साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ डाट्सनसँग साट्न पनि पाउनेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा पनि प्रदान गरेको जनाएको छ ।

यस योजना अन्तर्गत ड्याट्सन गाडी खरिद गर्ने ग्राहकले डाट्सन रेडी गो मा अधिकतम रु. २,७८,२००, डाट्सन गो मा अधिकतम रु ३,३५,००० र डाट्सन गो प्लसमा अधिकतम रु ३,६६,८०० सम्मको लाभ प्राप्त गर्न सक्नेछन् ।

Subscribe Now