क्रसमान्डुमा नोभिस तर्फ विजेता बने सुशील

काठमाडौं – आज सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपमा नोभिस तर्फको विजेता सुशील थापा भएका छन् । प्रतियोगितामा दीपेश क्षेत्री फर्स्ट रनर अप र राजकुमार कार्की सेकेन्ड रनर अप भए ।

उक्त च्याम्पियनसिपमा २५० सीसी सम्मका डर्ट बाइकहरु कुँदाइएको थियो । पहिले कुनै उपाधि हासिल नगरेका वा पहिलो पटक सहभागी भएकाहरु बीचमा बाइक रेसिङ प्रतियोगिता गराइएको थियो ।

यसलाई नोभिस क्याटागोरी नामाकरण गरिएको हो ।

विजेताहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सबै गरी २९ बाइक कुदाइएका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।

धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।

Subscribe Now