Check, click, shop
ट्रायल फेल हुनेलाई लाइसेन्स दिने बिरुद्द भ्रष्ट्राचार मुद्दा

काठमाडौं - ट्रायल फेल हुदाँ पनि लाई लाइसेन्स दिने कर्मचारी बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमति, एकान्तकुनाका कार्यालय प्रमुख तेजनारायण यादव सहित १३ जना उच्च कर्मचारीहरु बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

अख्तियारले यादव सहित एकान्तकुना कार्यालयकै शाखा अधिकृत इश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम के.सी., शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, नायव सुब्बा लेखनाथ भूषाल तथा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, कम्प्युटर अपरेटर विज्ञान खड्की बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

ति कर्मचारीहरु बिरुद्द घुस लिएर परीक्षामा फेल भएका तथा ट्रायल परीक्षा नदिएको अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गरेको उजुरी परेपछि आयोगले अनुगमन गरेको थियो । अनुगमनको क्रममा २०७४ साल माघ १ देखि २०७४ साल फागुन २५ गतेसम्म जारी भएका २०८ वटा B Category ( कार, जिप, डेलीभरी भ्यान) वर्गको सवारी चालक अनुमतिपत्र मध्ये २०४ वटा परीक्षाको नतिजा फेरबदल एवं थपघट गरि जारी गरिएको पाइएको अख्तियारले जनाएको छ ।

Subscribe Now