Check, click, shop
क्लेभल्यान्डको बाइक भारतमा आउने, रोयल इन्फिल्ड र केटीएमसँग होला प्रतिस्पर्धा ?

अमेरिकी मोटरसाइकल कम्पनी क्लेभल्याण्ड साइकलवर्क्सले भारतीय बजारमा दुई बाइक भारतीय बजारमा उतार्ने घोषणा गरेको छ । यी दुई बाइकको मूल्य हाल सार्वजनिक गरिएको छ ।

यी बाइकले भारतमा रोयल इन्फिल्ड र केटीएमसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

क्लेभल्याण्ड साइकलवर्क्सले गत फेब्रुअरी २०१८ मा सम्पन्न अटो एक्सपोमा यी मोटरसाइकल प्रदर्शन गरेको थियो ।

क्लेभल्यान्डले हाल एस र मिसफिट ल्याउने भएको छ ।

अमेरिकी कम्पनीको मोटरसाइकलको नाम मिसफिट हो । यो मोटरसाइकलमा २३० सीसीको इन्जिन समावेश छ । यसले १५.४ एचपी पावर र १६ एनएम टर्क प्रदान गर्छ । बाइकको अगाडि ३२० एमएम पेटल डिस्क ब्रेक छ । यो बाइकको अगाडि राउण्डेड हेडल्याप छ ।

अमेरिकी कम्पनी क्लेभल्याण्डको दोस्रो मोटरसाइकल एस डिलक्स हो । यसको क्षमता पनि मिसफिट जत्तिकै छ ।

यो मोटरसाइकल मिसफिट भन्दा कम प्रिमियम हो । यो बाइकमा बेसिक हेडल्याप र रियर भ्यू मिरर पनि छ । एस डिलक्सको मुल्य मिसफिट भन्दा कम हुने अनुमान गरिएको छ ।

क्लेभल्यान्डको स्थापना सन् २००९ मा भएको थियो र विश्वका २३ देशमा यसको उपस्थिति छ ।

Subscribe Now