Check, click, shop
चीनमा बन्यो यस्तो फ्लाइङ स्कुटर

चीनको झाओ डेली नामक व्यक्तिले एक अनौठो उड्ने मेसिन बनाएका छन् । उनका अनुसार यो विश्वको पहिलो उड्ने फ्लाइङ स्कुटर हो ।

झाओको जन्म चीनको एक गाउँमा भएको थियो । उनी सानैदेखि उड्ने मेसिन बनाउने सपना देख्थे । उनको यो सपना ४ दशक नाघ्दा पुरा भएको छ र उनले विश्वकै पहिलो फ्लाइङ स्कुटर बनाउने श्रेय पाएका छन् ।

उनले चीनको ग्वाङडोङ प्रान्तको डोंगआन शहरमा आफ्नो पहिलो फ्लाइङ स्कुटर टेष्ट गरेका थिए । साथै उनले सो आविष्कारको पहिलो भिडियो पनि सार्वजनिक गरेका थिए । किनकि उनले आफ्नो आविष्कार विश्वसामु प्रस्तुत गर्न चाहन्थे ।

फ्लाइङ स्कुटरमा एक चालक मात्र बस्नको लागि सिट रहेको छ । र, यो मेसिन क्वाडकप्टर ड्रोन जस्तै देखिन्छ । उनको भनाइ अनुसार सो एयरक्राफ्ट मार्फत २२० किलोग्रामको तौल बोक्न सकिन्छ र यसको स्पिड ७० किलोमिटर प्रति घण्टा रहेको छ । फ्लाइङ स्कुटरको प्रोपेलर्स सेन्ट्रल फ्लेममा रहेको छ र यसको डिजाइन निकै नै हल्का तरिकाले बनाइएको छ ।

उनले यो मेसिनको नाम ‘जिन डोऊ यून’ राखेका छन् । जसको अर्थ एक एक चाइनिज सुपर मंकी राजाद्वारा चलाइएको एक बादल हुन्छ । उनले सो मेसिनको टेष्ट १५ सय भन्दा पनि बढी पटक गरेका छन । उनको सपना एक दिन आफ्नो फ्लाइङ स्कुटरबाट चीनकै प्रसिद्ध येलो नदीलाई पार गर्नु रहेको छ ।

सन् २०१९ को प्रारम्भ तिरै यसलाई बजारमा बिक्री गर्नका लागि उपलब्ध गराइने बताइएको छ । हाल यो १५ मिटर माथि सम्म जान सक्छ । तर भविष्यमा यसलाई एक हजार मिटर सम्म माथि पु¥याउन सकिने झाओले बताएका छन् ।

 

Subscribe Now