Check, click, shop
सीजी मोटोकर्पले पायो ५ उत्कृष्ट अवार्ड

काठमाडौं – नेपालका लागि सुजुकीका चार पांग्रे सवारी साधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोबाइल डिभिजन सीजी मोटोकर्प विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।

कम्पनीले २०१७ को सर्बाधिक पार्ट्स बिक्री वितरणप्रति साधन दक्षिण एसिया, २०१७ को सर्बाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया र २०१७ को सर्बाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल रह्यो भने २०१७ को सर्बाधिक बजार शेयर तथा २०१७ को सर्बाधिक बिक्री वितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल रह्यो ।

हालै नयाँदिल्लीमा आयोजित अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार बिक्रेताहरुका बीचबाट सो नाम छनोट गरिएको थियो ।

सीजी मोटोकर्प कार्यकारी निर्देशक करण चौधरीले आफूहरुले सो अवार्ड आफ्ना ग्राहकलाई समर्पण गर्न चाहेको र यसबाट ग्राहकहरुको सुजुकी ब्रान्डसँगको अनुभवलाई अविस्मरणीय बनाउन सहयोग पु¥याउने सम्पूर्ण टोलीको योगदान प्रशंसनीय रहेको बताएका छन् ।

 

Subscribe Now