जिप डेलिभरीमा उत्सव जस्तै रौनक

काठमाडौं – नेपालमा केही समय पहिले मात्र भित्रिएको नयाँ ब्रान्ड जिपले ग्राहकलाई गाडी डेलिभरी गर्दा नयाँ तरिका अपनाउने गरेको छ । ग्राहकलाई जिप डेलिभरी गर्दा एक प्रकारको उत्सवको वातावरण बनेको हुन्छ ।

ग्राहकलाई जिप डेलिभरी गर्दा आकर्षक गिफ्ट ह्याम्पर उपलब्ध गराउदा न्यानो आतिथ्यता प्रदान गरिनुका साथै उत्सवमय वातावरण निर्माण गर्ने गरिएको छ ।

ग्राहक र कम्पनी प्रतिनिधि दुवैले नयाँ गाडी संयुक्त रुपमा अनावरण गरी कर्मचारीहरुले स्वागत गर्ने गरिएको छ । सो अवसरमा कम्पनीका सबै तहका कर्मचारी संलग्न हुन्छन् ।

ग्राहक र कम्पनी बीच आत्मियता बढाउनका लागि यसो गरिएको कम्पनी स्रोतले जनाएको छ ।

नेपालमै पहिलो पटक जिप ब्रान्ड केही समय अघि मात्र भित्रिएको हो ।

जिपको कम्पास हाल नेपाली बजारमा लोकप्रिय बन्ने क्रममा छ, जसको पुष्टि सडकमा बाक्लिदै गएको सो ब्रान्डको उपस्थितिले गर्छ ।

जिपलाई एमएडब्लु लाइफले नेपाली बजारमा भित्र्याएको हो ।

 

Subscribe Now