२०२२ मा वन्द भए १२ मोडलका कार र एसयूभी, १० मोडल नेपाली बजारमा समेत उपलब्ध

वर्ष २०२२ मा एक दर्जन कार तथा एसयूभीको उत्पादन वन्द भएको छ । भारतीय बजारमा उत्पादन भएर बिक्री वितरण हुँदै आइरहेका ड्याट्सन, महिन्द्रा, सजुकी, रेनो, टोयोटा, फक्सवागन र हुन्डाई व्रान्डका एक दर्जन कारको उत्पादन वन्द भएका हुन् । यी मध्ये १० मोडलका कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएका थिए ।

यो वर्ष जापनिज अटो निर्माता ड्याट्सनले भारतमा आफ्नो उत्पादनलाई निरन्तरता नदिने घोषणा गर्यो । निशान अन्तर्गतको यो व्रान्डले गो, गो प्लस र रेडी गो गरी कुल तीन मोडलका कार उत्पादन गर्दै आइरहेको थियो । यी कार नेपाली बजारमा समेत राम्रै संख्यामा बिक्री भैरहेका थिए । भारतसंगै विश्व बजारबाटै आफ्नो उत्पादन वन्द गर्ने निर्णय भएपछि अव उप्रान्त ड्याट्सनका कार बजारमा उपलब्ध हुने छैनन् ।

महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ लाई पनि यसै वर्षबाट विदा गरेको छ । कम्पनीले केही समयअघि आफ्नो वेभसाइटबाट यसलाई हटाएको थियो । महिन्द्राको यो एसयूभी नेपाली बजारमा आइनपुग्दै वन्द भएको हो । यो एसयूभीको उत्पादन वन्द हुनुको पछाडी साङयोङसंगको सहकार्यलाई महिन्द्राले टुंग्याउनु र अप्रिलदेखी लागु हुन गैरहेको रियल ड्राइभिङ इमिसन प्रमुख कारण वन्यो ।

मारुती सुजुकीले ग्रान्ड भिटरालाई बजारमा उतारेसंगै एस क्रसको उत्पादन वन्द गरेको छ । सन् २०१५ मा पहिलोपटक लन्च भएको यो मिड साइज एसयूभीले सुरुवाती समयमा राम्रो कारोबार गरिरहेको थियो । पछि हुन्डाई क्रेटा र रेनो डस्टर लागयत मोडलले यसको बजार खोस्न थालेपछि बिक्री प्रभावित वन्दै गएको देखेर सुजुकीले यसलाई पनि वन्द गर्ने निर्णय लिएको हो । यो एसयूभी नेपाली बजारमा समेत उपलब्ध रहेको थियो ।

कोरियन अटो निर्माता हुन्डाइले यो वर्ष ४ वटा मोडलको उत्पादन वन्द गर्ने निर्णय लिएको छ । हुन्डाइले ग्रान्ड आई१० नियोस, औरा डिजेल, एलेन्ट्रा र सेन्ट्रोको उत्पादन वन्द गर्ने निर्णय लिएको हो । यी सवै कार नेपाली बजारमा समेत बिक्री भएको थियो । यी मोडलको बिक्री निरन्तर ओरालो लाग्नु, अपडेट गर्न बढी खर्च लाग्नु र लाइफ साइकल नै समाप्त हुनुजस्ता कारणले वन्द भएका हुन् ।

रेनोले आफ्नो लोकप्रिय मिड साइज एसयूभी डस्टरको उत्पादन वन्द गर्ने निर्णय पनि यसै वर्ष लियो । सन् २०१२ देखी भारतमा उत्पादन शुरु भएको यो एसयूभीले नेपाली बजारबाट समेत निकै राम्रो प्रतिक्रिया पाएको थियो । पुरानो डस्टरको उत्पादन वन्द भएसंगै रेनोले यसको नयाँ मोडल ल्याउने तयारी थालिसकेको छ ।

उत्पादन भएको दुई वर्षमै टोयोटाले अर्वान क्रुजरलाई वन्द गर्ने निर्णय लियो । सुजुकी भिटर ब्रेजामा टोयोटाको लोगो दिएर विक्री हुँदै आएको यो एसयूभीले बजारबाट राम्रो प्रतिक्रिया पाउन नसकेपछि उत्पादन नै वन्द गर्नु परेको हो । यो एसयुभी नेपाल नआउँदै वन्द भएको हो ।

जर्मन अटो निर्माता फक्सवागनको निकै नै लोकप्रिय ह्याचव्याक पोलोको उत्पादन पनि यसै वर्षदेखी वन्द भएको छ । भारतमा १२ वर्षअघि लन्च भएको यो कार हालसम्म २५ लाख युनिट बिक्री भैसकेको जनाइएको छ । नेपाली बजारमा समेत यसले राम्रो कारोवार गर्न सफल भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...