मारुतीले बन्द ग¥यो यो कारको बिक्री

जेष्ठ ३१,२०७५
मारुतीले बन्द ग¥यो यो कारको बिक्री

भारतमा सर्बाधिक ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो ह्याचब्याक कार इग्निसको डिजेल भेरिएन्टको बिक्री बन्द गर्ने निर्णय गरेको छ ।

डिजेल इग्निसको बिक्रीमा आइरहेको लगातारको गिरावटका कारण कम्पनीले सो निर्णय गरेको बताएको छ ।

मारुती सुजुकी इग्निसलाई कम्पनीले २०१७ जनवरीमा भारतीय बजारमा उपलब्ध गराएको थियो । यसको डिजेल भेरिएन्टमा कम्पनीले १.३ लिटर क्षमताको ४ सिलिन्डरयुक्त इन्जिन प्रयोग गरिएको छ । यसले ७४ बीएचपी पावर र १९० एनएम टर्क प्रदान गर्छ ।

इग्निस पेट्रोल भर्सनमा पनि उपलब्ध छ । कम्पनीले बिक्री गरेका कार मध्ये ९० प्रतिशत पेट्रोल भेरिएन्ट बिक्री हुन्थ्यो भने १० प्रतिशत मात्र डिजेल भेरिएन्ट ।

मारुती सुजुकी इग्निस इन्ट्री लेभल ह्याचब्याक हो ।

कमेन्ट गर्नुहोस्